About Contact
१६ जेठ २०८०, मंगलबार
Close
बिज्ञापन
पत्रकारलाई पक्राउ र कारबाही गर्न प्रहरीलाई पत्राचार नगरिएको काउन्सिलको प्रष्टोक्ति

Darpanpost मंगलबार, बैशाख २६, २०८० मा प्रकाशित

featured photo: Darpanpost

बैशाख २६ । प्रेस काउन्सिल नेपालले कुनै पनि पत्रकारलाई पक्राउ गरी कारबाही गर्न प्रहरीलाई पत्राचार नभएको प्रष्ट पारेको छ । मङ्गलबार एक विज्ञप्ति जारी गर्दै काउन्सिलले पत्रकार, सञ्चारकर्मी तथा सञ्चार माध्यमका सञ्चालकलाई पक्राउ गरी कारबाही गर्ने सम्बन्धमा नेपाल प्रहरीलाई पत्राचार नभएको भन्दै सम्बन्धित सबैको ध्यानाकर्षण गराएको हो ।

‘त्यस किसिमको भ्रममा नपर्न सम्पूर्ण सञ्चार माध्यम, आम पत्रकार र सम्वद्ध पक्षलाई यही विज्ञप्तिमार्फत् आग्रह गर्दछ ।’ काउन्सिलका उपप्रशासकीय अधिकृत एवं सूचना अधिकारी रामशरण बोहराले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

काउन्सिलले नेपाल प्रहरीबाट जानकारी माग भइ आएमा सूचीकरण भएका मिडियाको हकमा ‘सूचीकृत रहेको’ र दर्ता/सूचीकरण नभएको भए ‘सूचीकरण नभएको’ भनी जानकारी गराउने गरिएको भन्दै विज्ञप्तिमा पछिल्ला केही उजुरीका विषयमा पनि साेहीअनुसारको जानकारी मात्र गराइएको प्रष्ट पारेको छ ।

सम्बन्धित

ताजा अपडेट
निःशुल्क सेनिटरी प्याडको व्यवस्था हुने गरी बजेट ल्याउन उपसभामुखको आग्रह
विजयनगर महोत्सव जेष्ठ ४ देखि १४ गते सम्म हुने, अवलोकन गर्न आयोजकको आग्रह

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com