About Contact
१३ आश्विन २०८०, शनिबार
Close
बिज्ञापन
राजनितिक अस्थिरताको अन्त्यका लागि प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री : सभामुख घर्ती

Darpanpost मंगलबार, बैशाख २६, २०८० मा प्रकाशित

featured photo: Darpanpost

मकवानपुर, २६ बैशाख । बाग्मती प्रदेश सभाको निमन्त्रणामा हेटौंडा पुग्नु भएका लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगर, उपसभामुख मेनुका खाड केसीको संयुक्त भ्रमण टाेलीले अन्तरप्रदेश सभा अनुभव आदानप्रदान तथा अन्तरक्रिया गरेको छ । बाग्मती प्रदेशका माननीय भुवन कुमार पाठक सचिब कृष्णहरि खड्का लगायत सचिवालयका कर्मचारीले उहाँहरुलाइ स्वागत गर्नु भएको थियो ।

उक्त कार्यक्रममा सभामुख घर्ती मगरले कानुन निर्माणमा प्रदेश स्थानीय तहसम्म जोडिन आवश्यक रहेको बताउनु भयो । उहाले अस्थिर राजनीतिले मुलुकको भबिस्यको राम्रो संकेत नमिलेको बताउनु हुँदै उहाँले मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित भएमा मात्र राजनितिक अस्थिरताको अन्त्य हुने बताउनु भयो । उहाँले संघीय सरकारले प्रदेश र स्थानीय तहलाई हेर्न दृस्ठिकोण कै कारण संघीयता कमजोर हुने हो कि भन्ने चिन्ता व्यक्त गर्नु भयो ।

बाग्मती प्रदेशका सभामुख भुवन कुमार पाठकले ब्यवस्थाप्रति कुरा उठने गरि काम गर्नु बिडम्बनाको कुरा भएको बताउनु भयो । एउटा सहि नेतृत्वले मुलुकलाई आमुल परिवर्तन गर्न सक्ने तर व्यवस्था प्रणालीमा आएको अबिस्वासले मुलुकलाई हित नगर्ने उहाँले बताउनु भयो । उहाँले अधिकार बिहिन संघीयता दीर्घकालीन हुन नसक्ने भएकाले त्यसको विषयमा भएका कमि कमजोरी समयमै सुल्झाउनु पर्नेमा जोड दिनु भयो । उहाँले राजनीति दल प्रतिको बिश्वासमा कमि आउन नदिन जनताको भावना र चाहनाको बारेमा गम्भीर भएर सोच्नु पर्ने बताउनु भयो ।

उपसभामुख मेनुका खाड केसीले भ्रमण अनुभव आदानप्रदानको दृस्टिकोणबाट हेर्दा फलदायी रहेको बताउनु भयो । बाग्मती प्रदेश सभाका सचिब कृष्ण हरि खडकाले बाग्मती प्रदेश सभाले हाल सम्म ७० कानुन निर्माण गरेको जानकारी दिनु भयो । लुम्बिनी प्रदेश सभा सचिवालयका सचिव दुर्लभ पुन मगरले लुम्बिनी प्रदेश सभामा भएको गतिविधिको बारेमा जानकारी दिनु भएको थियो ।

सम्बन्धित

ताजा अपडेट
जिल्ला प्रथम विद्यार्थीहरुलाई सम्मान
बर्दघाटका देवकोटाको ’मुसुक्क मिठो हाँसो मायाको‘’ नामक लोक दोहरी सार्बजनिक

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com