२६ बैशाख । पाल्पा जिल्लामा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ । मंगलबार बिहान रामपुर नगरपालिका ५ भम्बकका ३४ बर्षिय गोबिन्द कुमालको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक तथा सुचना अधिकारी विरेन्द्र थापाले जानकारी दिनुभयो ।
आज बिहान घाँस काट्ने क्रममा रुखमा अड्किएको डाला निकाल्ने क्रममा करेन्ट लागेर घाइते भएका कुमालको उपचारका क्रममा रामपुर अस्पताल पाल्पामा मृत्यु भएको थापाले बताउनु भयो ।
उक्त घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक तथा सुचना अधिकारी विरेन्द्र थापाले जानकारी दिनुभयो ।