About Contact
१३ आश्विन २०८०, शनिबार
Close
बिज्ञापन
छत्रकाेटका युवाको झुम्सामा टिप्परले हानेर मृत्यु

Darpanpost सोमबार, बैशाख २५, २०८० मा प्रकाशित

featured photo: Darpanpost

गुल्मी ।पाल्पाको तिनाउ गाउँपालिका–३, झुम्सामा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

बुटवलबाट पाल्पातर्फ जाँदै गरेको लु १ क २६१४ नम्बरको टिपरले विपरित दिशाबाट आउँदै गरेको लु ४४ प ५८०५ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालक ३२ वर्षीय जीवन पन्तको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी बीरन्द्र थापाले बताएका छन् ।

 

गुल्मीको छत्रकोट गाउँपालिका–३, हर्दिनेटाका पन्तले चलाएको मोटरसाइकललाई टिप्परले एक्कासीठक्कर दिएपछि घाइते भएका उनलाई
प्रहरी चौकी दोभान र स्थानीय बासिन्दाले तत्काल लुम्बिनी प्रदेश अस्पताल रुपन्देहीमा पठाएका थिए । उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित

ताजा अपडेट
जिल्ला प्रथम विद्यार्थीहरुलाई सम्मान
बर्दघाटका देवकोटाको ’मुसुक्क मिठो हाँसो मायाको‘’ नामक लोक दोहरी सार्बजनिक

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com