२५ बैशाख । पाल्पाको रिब्दिकोट गाउपालिकामा झुन्डिएर आत्महत्या गरेका पुरुषको शव फेला परेको छ । सोमबार अर्घाखाँची पाणिनी गाउपालिका २ डाँडाकटेरी घर भई हाल पाल्पा जिल्ला रिब्दिकोट गाउपालिकामा ज्याला मजदुरी काम आएका ३९ बर्षिय हरी बहादुर घर्ती प्लाष्टिकको डोरीको पासो लगाई झुन्डिएको अवस्थामा फेला परेका हुन ।
स्थानीयको सुचनाका आधारमा प्रहरी चौकी हार्थोक र जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको टोलीले उक्त घटनाको प्रारम्भिक अनुसन्धान गरेको थियो ।
पाल्पा रिब्दिकोट गाउपालिका ५ नयाँटोला बस्ने डम्मर बहादुर कार्कीको घरदेखी अन्दाजी ५०० मिटर पश्चिम तर्फ रहेको ढुङ्गा माटोले बनेको जस्ता पाताको छानो भएको २ तले खाली गोठमा रहेको काठको बलोमा घर्तीले प्लाष्टिकको डोरीले पासो लगाएर आत्महत्या गरेका थिए ।
घर्तिको शव पोष्टमार्टमको लागी जिल्ला अस्पताल पाल्पा पठाईएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक तथा सुचना अधिकारी विरेन्द्र थापाले जानकारी दिनुभयो । थापाले उक्त घटना सम्बन्धी थप अनुसन्धान भईरहेको पनि बताउनु भएको छ ।