About Contact
१३ आश्विन २०८०, शनिबार
Close
बिज्ञापन
पाल्पामा झुन्डिएको अवस्थामा अज्ञात व्यक्तिको शव फेला

Darpanpost सोमबार, बैशाख २५, २०८० मा प्रकाशित

featured photo: Darpanpost

२५ बैशाख । पाल्पामा झुन्डिएको अवस्थामा सडेको शव फेला परेको छ । सोमबार तिनाउ गाउपालिका ३ झुम्सास्थित रहेको फुल्फुले सामुदायिक जंगलमा भरलाको रुखमा अन्दाजी २०/२५ बर्षका युवाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक तथा सुचना अधिकारी विरेन्द्र थापाले जानकारी दिनुभयो ।

मृतकको परिचय भने नखुलेको प्रहरीले जनाएको छ । शव प्लाष्टिकको डोरीको पासो लगाई गलेको अवस्थामा रहेको प्रहरीले जनाएको छ ।

प्रारम्भिक अनुसन्धान पश्चात शव पोष्टमार्टमको लागी जिल्ला अस्पताल पाल्पामा पठाएको थापाले बताउनु भयो । उक्त घटना सम्बन्धी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक तथा सुचना अधिकारी विरेन्द्र थापाले जानकारी दिनुभयो ।

सम्बन्धित

ताजा अपडेट
जिल्ला प्रथम विद्यार्थीहरुलाई सम्मान
बर्दघाटका देवकोटाको ’मुसुक्क मिठो हाँसो मायाको‘’ नामक लोक दोहरी सार्बजनिक

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com