About Contact
१६ जेठ २०८०, मंगलबार
Close
बिज्ञापन
समाजवादी प्रेस संगठन नेपाल अर्घाखाँचीको प्रथम जिल्ला अधिवेशन सम्पन्न

Darpanpost सोमबार, बैशाख २५, २०८० मा प्रकाशित

featured photo: Darpanpost

२५ बैशाख । समाजवादी प्रेस संगठन नेपाल अर्घाखाँचीको प्रथम जिल्ला अधिबेशन सन्धिखर्कमा सम्पन्न भएको छ । अधिबेशनले सागर परियारको अध्यक्षतामा २१ सदस्य नयाँ कार्य समिति चयन गरेको छ । जसको उपाध्यक्षमा बिक्रम अचार्य,सरु सुनार,सचीव नवीन रसाइली सह सचिब पुजा कुवर, कोषाध्यक्ष भावना घिमिरे लगायत नयाँ नेतृत्व चयन भएको छ ।

अधिवेशनको उदघाटन नेकपा एकीकृत समाजवादीका केन्द्रिय सदस्य मोहन गौतमले गर्नुभएको थियो । गौतमले प्रेस लुम्बिनी डटकमद्वारा प्रकाशित क्यालेन्डरको समेत बिमोचन गर्नु भएको थियो ।

कार्यक्रममा नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष राम बहादुर चौहान, उपाध्यक्ष सिद्धी प्रसाद भुसाल सचीव युबराज पौडल, जिल्ला कार्यालय सदस्य योगेन्द्र खड्का, पत्रकार महासघका जिल्ला अध्यक्ष अशोक खनाल, प्रेस सगठन नेपाल लुम्बिनी प्रदेश अध्यक्ष हृदय भुसाल, पत्रकार महासंघका प्रदेश सदस्य प्रेम नारायण आचार्य, प्रेस चौतारीका जिल्ला अध्यक्ष बसन्त श्रेष्ठ, प्रेस युनियनका जिल्ला अध्यक्ष बिरेन्द्र केसी, प्रेस सेन्टरका जिल्ला अध्यक्ष रिशिराम भुसाल, प्रगतिशील पत्रकार संगठनका केन्द्रिय सचिब गोपाल भट्टराई, जनपत्रकार सगठनका अनिल नेपाली लगायतले अधिबेशन सफलताको सुभकामना व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा जिल्लाका विभिन्न मिडियाका क्रियाशिल पत्रकारहरुको उपस्थिति रहेको थियो । कार्यक्रम अशोक चौहानको संचालन, बिक्रम आचार्यको स्वागत र नवीन रसाइलीको संचालनमा सम्पन्न भएको थियो ।

सम्बन्धित

ताजा अपडेट
निःशुल्क सेनिटरी प्याडको व्यवस्था हुने गरी बजेट ल्याउन उपसभामुखको आग्रह
विजयनगर महोत्सव जेष्ठ ४ देखि १४ गते सम्म हुने, अवलोकन गर्न आयोजकको आग्रह

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com