About Contact
१६ मंसिर २०८०, शनिबार
Close
बिज्ञापन
कोेरियाली कार्यबहाक राजदूत पुष्ष राज भट्टराई र अधिवत्ता बिष्णु गिरीबीच भेटवार्ता

Darpanpost सोमबार, बैशाख २५, २०८० मा प्रकाशित

featured photo: Darpanpost

२६ बैशाख । नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समिति कार्यसमिति सदस्य बिष्णु गिरी निश्चलले दक्षिण कोरियाका लागि कार्यबहाक नेपाली राजदुत पुष्ष राज भट्टराईसँग भेटवार्ता गरेका छन् । नेपाली दुतावासमा सोमबार भएको भेटमा ईपीएस मार्फत कोरिया आएका कामदारको अवस्थाको बारेमा छलफल भएको थियो ।

भेटमा कोरियामा ईपीएसमार्फत आएका नेपालीहरुको कुनै पनि समस्या नरहेको र यहाँ समाधान नहुने कुनै समस्या नरहेको बताएका छन् । भेटमा कार्यबहाक राजदुत भट्टराईले नेपालीहरुको ब्यत्तिगत समस्या मात्र रहेको नितिगत रुपमा कुनै समस्या नरहेको र नेपाली कामदारको रुपमा १ नम्बरको गन्तब्य रहेको बताए ।

नेपाली उपभोक्ता संरक्षण महासंघले कानून तथा नीति निर्माण समितिको संयोजकमा समेत रहेका पत्रकार गिरी कानून ब्यबसायी समेत हुन् ।

दुतावासकी काउन्सीलर चन्द्राकला वलीले ईपीएस मार्फत ३ हजार महिलाहरु कोरियामा रोजगारीमा आएको बताउँदै हुण्डी कारोबारलाई निर्मुल गर्न  बितिय साक्षरता अभियान दुतावासले संञ्चालन गरिरहेको बताईन । अधिवत्ता बिष्णु गिरी कोरियाको राजधानी सियोलमा आयोजित बिभिन्न कार्यक्रममा सहभागीता जनाएका छन् ।

बैशाख १९ गते कोरिया आई पुगेका अधिवत्ता गिरीले एन.आर ए. एन कोरियाका प्रतिनिधीहरु भेटघाट गरेका छन् । बैशाख २९ गते सम्म दक्षिण कोरियामा रहदा अधिवत्ता गिरीले इपिएस मार्फत कोरिया पुगेका नेपालीहरुले काम गर्ने कम्पनी तथा कृषि फर्महरुको अवलोकन समेत गर्नेछन् । अधिवता गिरीले कोरियाली उपभोत्ता संघले आयोजना गर्ने कार्यक्रममा समेत सहभागिता जनाउने छन् । आधा दर्जन बढी संस्थामा कानूनी सल्लाकारको रुपमा काम गरिरहेका छन् । अधिवता गिरीसँग नेपाली ब्यबसायी रोक्का बहादुर तामाङको समेत सहभागिता रहको थियो ।  नेपाली र नेपालमा बस्ने बिदेशीले समेत नेपालको कानूनको बारेमा जानकारी आवश्यक भईरहेका बेला अधिवत्ता गिरीले कानुनी साक्षरता अभियान समेत चलाईरहेका छन् ।

सम्बन्धित

ताजा अपडेट
देवदहमा प्रथम मिडिया कप ‘सेभेन-ए साइड’ सुरु
महिला चलचित्रकर्मीहरुको विकासका लागि राज्यले सहयोग गर्छः मन्त्री शर्मा

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

कार्यकारी सम्पादक: धना पन्थी

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Lumbini Province, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com