About Contact
१६ जेठ २०८०, मंगलबार
Close
बिज्ञापन
देवदहमा कानूनी परामर्श तालिम सम्पन्न

मिन राना सोमबार, बैशाख २५, २०८० मा प्रकाशित

featured photo: Darpanpost

देवदह, बैशाख २५ । रुपन्देहीको देवदह नगरपालिका न्यायीक समितिको आयोजनामा वडा नं. ५, ६, ७, ८, ९ र १० का महिलाहरुका लागि २ दिने कानूनी परामर्श तालिम सम्पन्न भएको छ ।

समापन कार्यक्रममा बोल्दै देवदह नगरपालिका नगर उपप्रमुख तथा न्यायीक समिति संयोजक विद्यालक्ष्मी गुरुङ्गले दुई दिने कानुनी परामर्श तालिमले न्यायको आधारभूत कुराहरु जानकारी लिन सहयोग पुग्ने बताइन्।साथै तालिम पश्चात् न्याय प्रणाली बुझ्न सहयोग पुग्ने विश्वास व्यक्त गरिन ।

कार्यक्रममा वडा नम्बर ५ का अध्यक्ष,प्रबक्ता गणेश डुम्रे ७ का अध्यक्ष कृष्णप्रसाद अधिकारी लगायतले शुभकामना मन्तव्य गर्नुभएको थियो।कार्यक्रममा कार्यपालिका सदस्यहरु, न्यायीक समिति सदस्यज्यरु, वडा सदस्यहरुको सहभागिता रहेको थियो ।

मानव अधिकारकर्मी रिमा बि.सिले सहजिकरण गरेको कार्यक्रमको संचालन कर्मचारी मिना भुसालले गर्नुभएको थियो।

सम्बन्धित

ताजा अपडेट
निःशुल्क सेनिटरी प्याडको व्यवस्था हुने गरी बजेट ल्याउन उपसभामुखको आग्रह
विजयनगर महोत्सव जेष्ठ ४ देखि १४ गते सम्म हुने, अवलोकन गर्न आयोजकको आग्रह

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com