About Contact
२५ मंसिर २०८०, सोमबार
Close
बिज्ञापन
कानुन विपरित जानेको बचाउ गर्न सकिँदैन : खरेल

मिन राना आइतबार, बैशाख २४, २०८० मा प्रकाशित

featured photo: Darpanpost

देवदह, २४ बैशाख । रुपन्देहीको देवदह नगरपालिकाका नगर प्रमुख धुर्व प्रसाद खरेलले कानुन विपरित जाने जुसुकैलाई कारवाही हुने बताएका छन् । देवदहमा शनिबारदेखि सुरु भएको दुईदिने कानुनी परामर्श सम्बन्धि तालिमको उद्घाटन गर्दै प्रमुख खरेलले कानुन विपरित जाने कसैलाई पनि बचाउन नसकिने बताएका हुन्।

“कानुन जानिन वा जान्दिन भनेर भनेर सुख पाइन्न” नगर प्रमुख खरेलले भने, “जानेर वा नजानेर गरिएका गल्तिको सजाय कानुन बमोजिम भोग्नैपर्छ” उनले भने । गल्ति गरेर कानुनको फन्दामा परेपछि छुटाउन र सहयोग गर्न भन्दै शक्तिकेन्द्र धाउने नेपालीको बानि भएको उल्लेख गर्दै प्रमुख खरेलले त्यस्तो अवस्थामा सहयोग गर्न नसकिने स्पष्ट पारे।

सोहि कार्यक्रममा बोल्दै नगर उपप्रमुख तथा न्यायिक समिति संयोजक विद्यालक्ष्मी गुरुङले नजानेर कुनै गल्ति नहोस र कुनै समस्या आए कसरी कानुनी परामर्श लिने भन्नेमा तालिम केन्द्रित हुने बताइन ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदिप पौडेलले देश संघियतामा गएसंगै स्थानिय तहमा न्यायिक समिति रहने व्यवस्था रहेको र कानुनले अधिकार दिएका मुद्धाहरू न्यायिक समितिबाटै हल हुने हुदा त्यसको उपयोग गर्न तालिम प्रभावकारी दिने विश्वास व्यक्त गरे।

सो अवसरमा देवदह-६ का अध्यक्ष खेम बहादुर थापा, देवदह-७ का अध्यक्ष कृष्ण प्रसाद अधिकारी लगायतले भनाई राखेका थिए ।

देवदह-७ को शितलनगरस्थित मगर संघको हलमा संचालन भएको उक्त तालिम आइतबारसम्म चल्ने छ । तालिममा देवदह ५, ६, ७, ८,९ र १० वडाका ७० जना महिलाहरूको सहभागिता रहेको छ।

सम्बन्धित

ताजा अपडेट
देवदहमा पाँच दिने सेनेटरी प्याड बनाउने तालिम सम्पन्न
स्वस्थ , शान्त र समृद्ध जीवन निर्माणका लागीे रुपन्देहीमा चक्र विज्ञान कार्यक्रम हुने 

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

कार्यकारी सम्पादक: धना पन्थी

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Lumbini Province, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com