About Contact
१६ जेठ २०८०, मंगलबार
Close
बिज्ञापन
महिला स्वास्थ्यमा असर पुग्ने गरि अबैध रुपमा प्रसुती सेवा संचालन

Darpanpost आइतबार, बैशाख २४, २०८० मा प्रकाशित

featured photo: Darpanpost

दुर्गा प्रसाद काफ्ले । कपिलवस्तु, २४ बैशाख । कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका चन्द्रौटामा विना दर्ता अबैध रुपमा प्रसुति सेवा संचालन गरिएको पाइएको छ । शिवराज नगरपालिका विरपुर स्वास्थ्य चौकिमा कार्यरत अनमी पुनम पोख्रेलले आफ्नै घरमा नागरीकको स्वास्थ्य माथि खेलवाड गर्दै मापदण्ड विपरित प्रसुति सेवा संचालन गरेको जनगुनासो आएको हो ।

पहिलो निर्वाचनमा शिवराज नगरपालिकाको स्वतन्त्र उपमेयर पदका उम्मेद्वार र दोस्रो निर्वाचनमा नेपाली काग्रेसबाट शिवराज नगरपालिका वडा न ५ का वडा अध्यक्ष पदका उम्मेद्वार भएर पराजित भएका हरी पोखरेलको संरक्षणमा पत्नी पुनम पोखरेलले यस्तो काम गर्दै आएकी थिइन ।

राजनैतिक पहुचको भरमा संचालन गरिएको प्रसुती सेवाको कसैले विरोध गर्न सकेका छैनन ।

आफ्नो घरमा प्रसुति गराउन आउने महिलालाई आक्सीटोसिन इन्जेक्सन दिने गरेकोले महिलाहरूलाई स्वास्थ्यमा समस्या देखिएको छ । उक्त औषधि डब्लु एच ओ को मापदण्ड अनुसार प्रयोग नगरि जथाभावि प्रयोग गर्नाले महिला स्वास्थ्यमा गम्भीर खेलवाड गरेको देखिन्छ ।

स्वास्थ्य चौकि विरपुरमा २४ घण्टे प्रसुती सेवा संचालन भएपनि पोखरेलले आफ्नो घरबाट विना दर्ता सेवा संचालन गर्दै आउनु पछाडि राजनैतिक शक्तिको आड देखिन्छ । यसबारे शिवराज नगरपालिका स्वास्थ्य शाखामा बुझ्दा नगरपालिकामा पटक पटक यस्तो गुनासो आएपछि सेवा संचालन नगर्न वा दर्ता प्रकृया पुरा गर्न बारम्बर सुझाव दिदा पनि वेवास्ता गरेको शाखा प्रमुख चुडामणि भट्टराईले बताए ।

आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम निर्देशिका २०७८ ले घरमा हुने प्रसुती कार्य शून्यमा ल्याउने निति अवलम्बन गरेको छ ।

सम्बन्धित

ताजा अपडेट
निःशुल्क सेनिटरी प्याडको व्यवस्था हुने गरी बजेट ल्याउन उपसभामुखको आग्रह
विजयनगर महोत्सव जेष्ठ ४ देखि १४ गते सम्म हुने, अवलोकन गर्न आयोजकको आग्रह

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com