दुर्गा प्रसाद काफ्ले, कपिलवस्तु । २३ बैशाख । चेम्बर अफ कमर्श कपिलवस्तु वाणगङ्गा नगरपालिकाको आयोजनामा सम्पन्न रक्तदान कार्यक्रममा ४९ पोईन्ट रगत संकलन भएको छ । २५६७ औँ बुद्ध जयन्तीको अवसरमा आयोजना गरिएको उक्त रक्तदान कार्यक्रममा रगतको अभावमा कसैको पनि ज्यान जान नपरोस् भन्ने उद्देश्यका साथ रक्तदान कार्यक्रम गरिएको हो ।
कार्यक्रममा लुम्बिनी प्रदेशका सांसद विष्णु पन्थीले व्यवसायीहरुका छाता संगठनहरुले एकद्धार प्रणालीबाट आवाज उठाउनुपर्ने बताएका छन् । सांसद पन्थीले उद्योगी, व्यवसायीहरुको समस्या सम्बोधन गर्दै छरिएर रहेका व्यवसायीहरुलाई एकिकृत गरेर उनीहरुको संरक्षण गर्न तर्फ लाग्नु आजको आवश्यकता रहेको बताए ।
“बाणगंगा क्षेत्रमा भएका तीन वटा व्यावसायीका छाता संगठनहरुले एकद्धार प्रणालीबाट आवाज उठाउनु अहिलेको व्यवसायिक आवश्यकता हो” उनले भने।
त्यस्तै कार्यक्रममा बाणगंगा नगरपालिकाका उप–प्रमुख रिता कुमारी चौधरीले चेम्बर अफ कमर्श वाणगंगा स्थापनाको छोटो समयमै सामाजिक उत्तर दाईत्वका कार्यहरु अगाडि बढाउन सफल भएको बताईन । उनले यस्ता सामाजिक उत्तर दाईत्वका कम हरु निरन्तर अगाडि बढाउन र कार्यक्रम सफलताको शुभकामना व्यक्त गरिन ।
कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका केन्द्रिय सदस्य महादेव पोख्रेल, नेपाल आयुर्वेद औषधी ब्यवसायी संघ कपिलवस्तुका अध्यक्ष गोपाल प्रसाद बञ्जाडे, नेपाल औषधी ब्यवसायी संघका निवर्तमान अध्यक्ष डा. धर्म राज भट्टराई, उद्योग व्यापार संघ कपिलवस्तुका अध्यक्ष खिमानन्द पौडेल लगाएतले शुभकामना मन्तव्य राखेका थिए ।