About Contact
१६ जेठ २०८०, मंगलबार
Close
बिज्ञापन
देवदहमा बुद्द शान्ति स्तुपा अनावरण

मिन राना शुक्रबार, बैशाख २२, २०८० मा प्रकाशित

featured photo: Darpanpost

देवदह, २२ बैशाख । रुपन्देहीको देवदह नगरपालिका ३ सेमराहानामा बुद्द शान्ति स्तुपा अनावरण गरिएको छ। नेपाल मगर संघ देवदह -३ ,नेपाल मगर समाजद्वारा स्थापना गरिएको बुद्द स्तुपाको शुक्रबार एक कार्यक्रमका बिच अनावरण गरिएको हो।

विश्व शान्तिका अग्रदुत भगवान गौतम बुद्धको शान्ति स्तुपा, २५६७ औं बुद्ध जन्म जयन्ती, २६१२ औं बोधि ज्ञान लाभ तथा २५६७ औं बुद्ध परिनिर्वाणको अवसरमा अन्तर्राष्ट्रिय बुद्ध परियति उदय विहार डिङ्गनगर नगरका भिक्षु आनन्द स्थविर “शासनधज धम्म चरिया भन्ते” द्वारा अनावरण गरिएको हो।

बुद्द स्तुपा अनावरण कार्यक्रममा देवदह नगरपालिका -३ का वडा अध्यक्ष यज्ञ अर्याल, नेपाल बुद्द सेवा समाजका उपाध्यक्ष वापा नारायण गाहा मगर, नेपाल मगर संघ बुद्द समाज देवदहका उपाध्यक्ष वापा बेद बहादुर थापा, नेपाल मगर संघ देवदह नगर समितिका अध्यक्ष शोभा कुमारी थापा लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

बौद्द शान्ति स्तुपा अनावरण कार्यक्रम स्तुपा निर्माण समितिका अध्यक्ष चक्रबन्धु थापाको अध्यक्षता, महिला वडा सदस्य झम कुमारी थापाको स्वागत र वापा भविन थापाको संचालनमा सम्पन्न भएको थियो ।

सम्बन्धित

ताजा अपडेट
निःशुल्क सेनिटरी प्याडको व्यवस्था हुने गरी बजेट ल्याउन उपसभामुखको आग्रह
विजयनगर महोत्सव जेष्ठ ४ देखि १४ गते सम्म हुने, अवलोकन गर्न आयोजकको आग्रह

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com