२२ बैशाख । पाल्पामा करेन्ट लागेर महिलाको मृत्यु भएको छ । पाल्पा जिल्लाको निस्दी गाउपालिका ३ खादरका ५४ वर्षिय उमावती गाहाको मोबाईल चार्ज गर्ने क्रममा करेन्ट लागि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक तथा सुचना अधिकारी विरेन्द्र थापाले जानकारी दिनुभयो ।
मोबाईल चार्ज गर्ने क्रममा अचानक करेन्ट लागि गम्भिर घाईते भएका गाहालाइ उपचारको लागि रामपुर अस्पताल ल्याईएकोमा उपचारको क्रममा डाक्टरले मृत घोषणा गरेको थियो ।
उक्त घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक तथा सुचना अधिकारी विरेन्द्र थापाले जानकारी दिनुभयो ।