About Contact
१६ मंसिर २०८०, शनिबार
Close
बिज्ञापन
अन्तर मा.वि छात्र नकआउट फुटबल प्रतियोगिताको उपाधी देवदह बुद्ध पब्लिकलाई

मिन राना शुक्रबार, बैशाख २२, २०८० मा प्रकाशित

featured photo: Darpanpost

२२ बैशाख । रुपन्देहीको देवदह ८ विशालनगरमा भएको अन्तर मा.वि छात्र नकआउट फुटबल प्रतियोगिताको उपाधी देवदह बुद्ध पब्लिक इङलिस बोर्डिङ स्कुलले हात पारेको छ । देवदह नगरपालिका वडा नं ८ को कार्यालयको आयोजना, ज्ञानज्योति मा.वि को सह-आयोजना र मायादेवी युवा क्लबको सहयोगमा शनिबार देखि सुरु भएको प्रतियोगितामा न्यु लुम्बिनी बोर्डिङ स्कुल देवदहलाई ३-१ को गोल अन्तरले पराजित गर्दै बुद्ध पब्लिक स्कुलले उपाधी जितेको हो ।

कुल १४ ओटा टिम सहभागी भएको प्रतियोगितामा उपाधी विजेता टिमले नगद २५ हजार रुपैँया सहित मेडल, ट्रफी र प्रमाणपत्र, दोश्रो हुने न्यु लुम्बिनीले नगद १५ हजार सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् ।

प्रतियोगिताको पुरस्कार वितरण समारोहमा बोल्दै देवदह नगरपालिकाकी उपप्रमुख विद्यालक्ष्मी गुरुङले खेलको माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा खेलाडी तथा देशको नाम रोशन गर्न सकिने बताउँनुभयो । कार्यक्रमको प्रमुख अतिथि समेत रहेका उपप्रमुख गुरुङले खेलकुदको माध्यम बाट अनुशासनको कायम हुने भन्दै उपप्रमुख गुरुङले स्वास्थ्य रहन शारीरिक र मानसिक रुपमा पनि तन्दुरुस्त राख्न मद्दत पुग्ने बताउनुभयो ।

देवदह नगरपालिका वडा नं ८ का वडा अध्यक्ष हरि पाण्डेको अध्यक्षता, ज्ञानज्योती माविका प्राचार्य गोबिन्द प्रसाद तिवारीको धन्यवाद ज्ञापन र शिक्षक टेक बहादुर थापाको संचालनमा खेलको समापन समारोह सम्पन्न भएको थियो ।

सम्बन्धित

ताजा अपडेट
महिला चलचित्रकर्मीहरुको विकासका लागि राज्यले सहयोग गर्छः मन्त्री शर्मा
आमाको खुट्टा मुनि स्वर्ग रहेको : मौलाना मशहूद

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

कार्यकारी सम्पादक: धना पन्थी

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Lumbini Province, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com