२२ बैशाख । पाल्पामा काफल टिप्दा खसेर एक युवकको मृत्यु भएको छ ।
सोमबार काफल टिप्ने क्रममा रुखबाट लडि घाइते भएका पाल्पा जिल्ला रैनादेवी छहरा गाउपालिका ३ छ्चुवाका १८ बर्षिय सुर्य कुमालको उपचारका क्रममा युनाइटेड मिसन अस्पताल पाल्पामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक तथा सुचना अधिकारी विरेन्द्र थापाले जानकारी दिनुभयो ।