About Contact
१६ जेठ २०८०, मंगलबार
Close
बिज्ञापन
अब कम बर्षा हुने

Darpanpost बिहिबार, बैशाख २१, २०८० मा प्रकाशित

featured photo: Darpanpost

२१ बैशाख । जल तथा मौसम विज्ञान विभागले आगामी मनसुन सिजनमा देशका अधिकांश स्थानमा सरदर भन्दा कम वर्षा हुने सम्भावना रहेको आँकलन गरेको छ ।
बिहीवार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी विभागले यस्तो आँकलन गरेको हो ।

आगामी मनसुन सिजनमा देशका अधिकांश स्थानमा सरदर भन्दा कम वर्षा हुने सम्भावना ३५ प्रतिशतदेखि ५५ प्रतिशत रहेको बताएको छ । कोशी प्रदेशका मध्य भाग तथा उत्तरपूर्वी भूभाग, वागमती प्रदेशका दक्षिण पूर्वी भूभाग र मधेस प्रदेशका अधिकांश भूभागमा सरदर वर्षा हुने सम्भावना ३५ प्रतिशतदेखि ४५ प्रतिशतसम्म रहेको जनाएको छ । विभागका अनुसार अधिकतम तापक्रम देशभर सरदर भन्दा बढी हुने सम्भावना ३५ प्रतिशतदेखि ५५ प्रतिशत रहेको भने न्युनतम तापक्रम केही स्थानमा सरदर र केही स्थानमा सरदर भन्दा बढी हुने सम्भावना ३५ प्रतिशतदेखि ४५ प्रतिशत रहेको छ ।

जल तथा मौसम विज्ञान विभागका मौसमविद् सुदर्शन हुमागाईंले धेरैजसो भूभागमा न्युनतम तापक्रम सरदर भन्दा बढी हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको बताउनु भयो । उहाँले सुदूरपश्चिम प्रदेशका मध्य भूभाग, कर्णाली प्रदेशका मध्य पश्चिमी भूभाग, गण्डकी र वागमती प्रदेशका उत्तरी भूभाग, लुीम्बनी प्रदेशको पूर्वी तथा पश्चिमी भूभाग र मधेस प्रदेशका पूर्वी भूभागमा सरदर हुने सम्भावना ३५ प्रतिशतदेखि ४५ प्रतिशत रहेको बताउनु भयो ।

यस वर्ष मनसुन सिजन जेठ १८ देखि असोज १३ गतेसम्म तोकिएको छ ।

 

सम्बन्धित

ताजा अपडेट
निःशुल्क सेनिटरी प्याडको व्यवस्था हुने गरी बजेट ल्याउन उपसभामुखको आग्रह
विजयनगर महोत्सव जेष्ठ ४ देखि १४ गते सम्म हुने, अवलोकन गर्न आयोजकको आग्रह

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com