२१ बैशाख । रुपन्देहीको देवदह वडा नम्बर ८ विशालनगरमा फलफुलका बोटविरुवा रोप्ने काम सम्पन्न भएको छ । उक्त कार्यक्रममा बोल्दै देवदह नगरपालिका प्रमुख धु्रव प्रसाद खरेलले आयआर्जनका लागि महिला, जनजाति, दलित तथा निम्न वर्गका लागि यो फलफुलको विरुवाले यहाँका जनजिवन उकासन सक्ने बताउनु भयो ।
सोही कार्यक्रममा प्रमुख खरेलले देवदह नगरपालिकाबाट सधै सहयोग गरि रहने समेत प्रतिबद्धता जनाउनु भयो । उक्त कार्यक्रममा बौद्ध विश्वविद्यालय निमित्त भि.सी तिलकराम आर्चायले विश्वविद्यालयलाई यहाँका जनताले जसरी सहयोग सरी बुद्धमावली सामुदायिक वन हस्तान्तरण गरियो त्यसरी नै विश्वविद्यालयले पनि यहाँका जनतालाई आर्यआर्जनका लागि सधै हात अगाडी बढाई रहने प्रतिबद्धता जनाउनु भयो ।
त्यस्तै युयन डि.पी.का लुम्बिनी र गण्डकी प्रदेश प्रमुख सुदिप अर्यालले बौद्ध विश्वविद्यालयबाट सञ्चालित दिगो जिविकोपार्जनका निमित्त कृषि परियोजना मार्फत विशेष गरी विपन्न, गरिव, दलित, भुमिहिन व्यक्तीलाई प्राथामिक दिइ दिगो जिविकोपार्जनमा सहयोग गर्ने बताउनु भयो । सोही कार्यक्रममा अर्यालले बुद्धदिप युवा क्लव, बुद्धमावली महिला बहुद्देश्य सहकारी र पृथ्वी उमा ज्ञान केन्द्रलाई विभिन्न स्थान छुट्याइएको स्थानमा बुद्धदिप क्लवले सो स्थानमा फलफुलको विरुवा रोपिसकेको छ र पृथ्वी उमा ज्ञानले पनि फलफुलको विरुवा रोप्ने काम सुरु गरेको बताउनु भयो । यो कार्यक्रम कृषिजनमा आधारित बहु खेतिमा कागती, आँप, केरा, मेवा, कुरिलो, बदाम र बेसार दिइने जानकारी दिनु भयो ।
उक्त कार्यक्रममा देवदह वडा नम्बर ८ का अध्यक्ष हरि पाण्डे, पृथ्वी उमा ज्ञानका केन्द्रका सदस्य चोलिमाया रानाले बोल्नु भएको थियो ।
पृथ्वी उमा ज्ञान केन्द्रका अध्यक्ष पृथ्वी क्षेत्रीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।