About Contact
१६ जेठ २०८०, मंगलबार
Close
बिज्ञापन
प्रधानन्यायाधीशको नियुक्ति गर्न माग गर्दै नेपाल बार एशोसिएशन आन्दोलनमा

Darpanpost बुधबार, बैशाख २०, २०८० मा प्रकाशित

featured photo: Darpanpost

२० बैशाख । अविलम्व प्रधानन्यायाधीशको नियुक्ति गर्न माग गर्दै नेपाल बार एशोसिएशनले आन्दोलन जारी राखेको छ । अविलम्व प्रधानन्यायाधीशको नियुक्ति गर्न माग गर्दै नेपाल बार एशोसिएशनले आन्दोलन जारी राखेको छ ।
बुधवार पनि नेपाल बार परिसरमा कानून व्यवसायीहरुले आन्दोलन जारी राखेका हुन् ।

उनीहरुले तत्काल प्रधानन्यायाधीश नियुक्ति गर्न माग गरेका छन् ।

आन्दोलनका क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले न्यायपालिका प्रमुख अविलम्व पाउनुपर्ने बताउनु भयो । उहाँले अटोमेटिक ढंगबाट पेशी व्यवस्थापन प्रणाली हुनुपर्ने पनि बताउनु भयो । उहाँले नेपालका विभिन्न निकायहरु आफ्नो भुमिकाबाट टाढिँदै गएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपालको न्यायपालिकाले प्रमुख पाउन नसकेको विषय प्रमुख रुपमा रह्यो । अटोमेटिक ढंगबाट पेशी व्यवस्थापन सिस्टम अगाडी बढ्न सकेन । बेथितिको कुरा एकातर्फ मात्रै छैन । बेथितिको कुरा जताततै छ । संसद बेखबर छ । सरकार बेखबर छ । कयौँ विषयहरुमा न्यायपालिका पनि बेखबर छ । यो सबै विषयमा हामीले उठाउनुपर्ने आवश्यकता छ । यो उठाउने ठाउँ भनेको एउटा प्रमुख स्टेक होल्डर भएको नाताले हामी कानून व्यवसायी नै हो । हामीले उठाइराखेका छौँ । यो हाम्रो धर्म हो । नेपाली जनता एकातर्फ न्याय नपाएर रुँदै हिँड्नुपर्ने अवस्थाको विद्यमानता छ भने अर्कोतर्फ नेपालका जुन निकायहरु छन्, जुन जिम्मेवार निकायहरु छन् । ति जिम्मेवार निकायहरु आफ्नो भुमिकाबाट च्युत भएको अवस्था छ । आफ्नो भुमिकाबाट पर सरेको अवस्था हामी देख्दैछौँ ।’

नेपाल बार एशोसिएशनका पूर्वअध्यक्ष चण्डेश्वर श्रेष्ठ चण्डेश्वर श्रेष्ठले नेपाल बारको आन्दोलन व्यक्तिको लागि नभइ संस्थाको लागि र अदालतमा भइरहेको गलत कामहरुको लागि भएको बताउनु भयो । उहाँले उच्च र जिल्ला अदालतहरुमा बाँकी न्यायाधीश तत्काल पूर्ति गर्नुपर्ने माग गर्नुभयो ।

कानून व्यवसायीहरुले संवैधानिक दायित्व पूरा गर, प्रधानन्यायाधीश नियुक्ति अविलम्व गर, सर्वोच्च अदालत र सबै अदालतहरुमा रिक्त रहेका न्यायाधीश तत्काल नियुक्ति गर, स्वतन्त्र न्यायपालिकाको रक्षा गरौँ लगायतका प्लेकार्ड बोकेर बिरोध जनाएका थिए ।

 

सम्बन्धित

ताजा अपडेट
निःशुल्क सेनिटरी प्याडको व्यवस्था हुने गरी बजेट ल्याउन उपसभामुखको आग्रह
विजयनगर महोत्सव जेष्ठ ४ देखि १४ गते सम्म हुने, अवलोकन गर्न आयोजकको आग्रह

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com