१७ बैशाख । अर्घाखाँचीमा माथीबाट खसेको ढुङ्गाले लागेर जना महिलाको ज्यान गएको छ । जिल्लाको सन्धिखर्क नगरपालिका ७ बाघमाराकि अन्दाजी ३६ वर्षीया कल्पना थापाको सुपा देउराली मन्दिर नजिकै पसल गरि राखेको अवस्थामा पसल माथिबाट खसेको ढुङ्गाले लागेर घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी कृष्ण घिमिरेले जानकारी दिनु भयो ।
थापाको टाउकोमा गम्भीर चोट लागेको थियोे । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।