मालारानी ।वडा स्तरिय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिति मालारानी ७ बामरुकको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी अर्घाखाँची जिल्ला शाखाको सहजिकरणमा बैसाख १७ र १८ मा दुई दिने वडा स्तरिय पुर्ण सरसफाई तालिम सम्पन्न भएको छ ।तालिमको मुख्य उदेश्य नेपाल सरकारले सन् २०३० सम्म सधैका लागि र सबैका लागि पुर्ण सरसफाई भन्ने लक्ष्य लिएको र मालारानी गाउपालिकाले सन् २०२५ सम्म मालारानी गाउपालिकालाई पुर्ण सरसफाई उन्मुख पालिका घोषणा गर्ने लिएको लक्ष्य पुरा गर्ने उदेश्यले दुई दिने वडा स्तरिय पुर्ण सरसफाई तालिम संचालन भएको कुरा EACH परियोजना पालिका संयोजक अशोक आचार्यले बताउनु भयो ।
तालिम अबधि भर दोहोरो सम्बाद र प्रशिक्षण माध्यमबाट सरसफाई सम्बन्धि नीति , खानेपानी सरसफाई र स्वच्छताको परिचय र महत्व ,पुर्ण सरसफाई सूचकहरु , पानीजन्य रोग , पानी शुद्धिकरणका तरिकाहरु , महिनावारी ब्यबस्थापन , हात धुने छ चरणको प्रदशनी जस्ता बिषयमा छलफल गरि पुर्ण सरसफाईका लागि बिस्तृत कार्ययोजना बनाई तालिम समापन भएको छ ।तालिम अबधिभर १२ जना सहभागी रहनु भएको थियो ।