१७ बैशाख । नेपालमा गुणस्तरीय चामल नपाएको गुनासो आइरहेको भन्दै रानीसति इन्टरनेशनल प्रा.लि.ले आसियाना बासमती चामल बिक्री वितरण शुरु गरेको छ । शनिवार काठमाडौंमा एक कार्यक्रम गर्दै प्रा.लि.ले नेपाली बजारमा आसियाना चामल बिक्री गरेको १ वर्ष पूरा गरेको र यो अवधिमा धेरै उपभोक्ताले रुचाएकाले अब नेपालभर चामल पुर्याउने लक्ष्य लिएको जानकारी दिएको हो ।
कम्पनीले उपभोक्ताको मागलाई ध्यानमा राखेर ल्याइएको आसियाना चामल १ वर्षमा धेरैले रुचाएको चामलमा परेको र मुलायम र बास्नादार चामलको ब्राण्डमा स्थापित भएको जनाएको छ । कार्यक्रममा बोल्दै रानीसति इन्टरनेशनल प्रा.लि.का अध्यक्ष ओमप्रकाश वंशालले सबैले राम्रो चामल भनेर बेचिरहने तर उपभोक्तालाई भने विश्वास नहुने गरेको बेलामा आफूहरुले उपभोक्ताको रोजाइमा नै चामल ल्याएको बताउनु भयो । उहाँले अब बिगमार्ट, भाटभटेनी र नेपालभर आसियाना चामल पाइने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘अहिले बजारमा राम्रो चामल, दाल, राम्रो खाना, आँटा पाउनै गाह्रो हुन्छ, सबैले राम्रो नै भन्छ, तर त्यसलाई कसरी बुझ्ने । त्यसले आज हामीले आसियाना चामल ल्याएका छौँ । हामीले एक वर्षसम्म वास्तवमा नेपाली जनताले रुचाउने हो की होइन, भन्ने हेरेर मात्रै एक वर्षपछि मात्रै बाहिर आएका हौँ । बिगमार्ट, भाटभटेनीमा पनि आसियाना चामल पाइन्छ, हामीले धुलीखेलदेखि ओखलढुंगासम्म लगिसकेका छौँ । गुणस्तरसहित हामी अब चाँडै नै नेपालभर लैजाने सोचेका छौँ ।’
कार्यक्रममा कम्पनीको तर्फबाट देशभरका ३० भन्दा बढी आसियाना चामलका डिलरहरुलाई सम्मान गरेको थियो ।