About Contact
१६ जेठ २०८०, मंगलबार
Close
बिज्ञापन
हदम्याद राख्ने सरकारको प्रस्ताव स्वीकार्य हुदैन : महामन्त्री विश्वप्रकाश शर्मा

Darpanpost शनिबार, बैशाख १६, २०८० मा प्रकाशित

featured photo: Darpanpost

१६ बैशाख । सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचार अनुसन्धानका लागि पाँच वर्षे हदम्याद राख्ने सरकारको प्रस्ताव स्वीकार्य नहुने बताउनुभएको छ ।
सरकारले संसदमा पेस गरेको भ्रष्टाचार निवारण ऐन संशोधन विधेयकमा प्रश्ताव गरिएको सो पाँच वर्षे हदम्याद आफूहरुलाई स्वीकार्य नहुने उहाँको अडान थियो ।

नेपाल विद्यालय कर्मचारी परिषद्ले शनिवार ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले सो प्रश्ताव सिंगै देशलाई मान्य नहुने पनि बताउनु भयो । महामन्त्री शर्माले भ्रष्टहरुलाई उन्मुक्ति दिने गरी हदम्यादको कुरा राख्न नहुने उहाले बताउनु भयो । उहाँले भ्रष्टाचारीलाई कडा भन्दा कडा ढंगले कानूनी र आर्थिक कारबाही गर्न पनि सरकारलाई सचेत गराउनु भएको थियो ।

महामन्त्री शर्माले भन्नुभयो, ‘भ्रष्टाचार गरेको मान्छेले पाँच वर्ष सजायको घेरामा पर्ने नाममा उन्मुक्ति पाउनुपर्ने । राख्ने नै हो भने हदम्याद २५ वर्षको राखौं । तर कडिकडाउसँग भ्रष्टाचार गरेको मान्छेलाई कठघरामा ल्याएर उसलाई कानूनी कारबाहीदेखि आर्थिक कारबाहीसम्म राज्यले गर्नुपर्छ । मैले सार्वजनिक रुपमा पनि के भन्न चाहन्छु भने सरकारलाई यो भ्रष्टाचार निवारण ऐनमा जुन राखिँदै गरिएको अवस्था छ । पाँच वर्षे हदम्याद जो राखिने कुरा गरिएको छ । यो हामीलाई स्वीकार्य छैन । यो देशले स्विकार गर्दैन । कडिकडाउनका साथ यसमा जानुपर्छ राज्य ।’

महामन्त्री शर्माले भौतिक पूर्वाधारको विकासमा भन्दा पनि मानव संशोधनको विकासमा जोड दिन सरकारलाई सुझाव दिनुभयो । उहाँले मुलुकको शैक्षिक क्षेत्रको विकासका लागि सरकारले लगानी बढाउनुपर्ने आवश्यक्ता पनि औंल्याउनु भएको थियो ।

 

 

सम्बन्धित

ताजा अपडेट
निःशुल्क सेनिटरी प्याडको व्यवस्था हुने गरी बजेट ल्याउन उपसभामुखको आग्रह
विजयनगर महोत्सव जेष्ठ ४ देखि १४ गते सम्म हुने, अवलोकन गर्न आयोजकको आग्रह

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com