बैशाक १४ । रुपन्देहीकोे देवदहमा दर्पण पोष्ट नेतृत्व विकास साझेदारी कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम बुधबार देवदह १० चरङ्गेमा सम्पन्न भएको हो ।
देवदह नगरपालिका वडा नम्बर १० को आर्थिक सहयोगमा ७ दिने नेतृत्व विकास तालिम यहि बैशाख ७ गते देखि १३ गते सम्म चलेको थियो । उक्त कार्यक्रमका प्रमुख अतिथि तथा देवदह वडा नम्बर १० का वडा अध्यक्ष यक बहादुर सुनारले सुन्दर तथा नमुना वडा बनाउनका लागि भौतिक विकास मात्र नभएर मानिसहरुमा चेतनाको विकास हुनुका साथै परिवर्तन हुनुपर्ने बताउनु भयो ।
उक्त कार्यक्रममा देवदह कार्यकापालिका सदस्य तथा विशिष्ट अतिथि कुमार परिवार, अतिथि वडा सदस्य अमर लामिछाने, रेनुका आले मगर, कमला दर्जी, प्रशिक्षक सनु थापा, प्ररिक्षार्थी मनु गुरुङ्ग, रोशन थापा र अञ्जु रानाले आ—आफ्नो मन्तव्य राख्नु भएको थियो । उक्त तालिममा २८ जना परिक्षार्थीको सहभागिता रहेको थियो ।
सो कार्यक्रम मिन रानाको अध्यक्षता, भिमा न्यौपानेको स्वागत र परिक्षार्थी दिपक काफ्लेको सञ्चालनमा सम्पन्न भएको थियो ।