बैशाख ,बुटवल । नेपाल मगर चलचित्रकर्मी संघ रुपन्देहीको तेस्रो अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । संघको शुक्रबार बुटवलमा सम्पन्न अधिवेशनबाट टिका आलेमगरको नेतृत्वमा एघार सदस्यीय कार्यसमिति चयन गरिएको हो । जसको उपाध्यक्षमा तुल बहादुर सारुमगर, सचिव बसन्त कुमार सिंजालीमगर, सहसचिव विना थापामगर र कोषाध्यक्षमा थम बहादुर रानामगर चयन हुनुभएको छ । त्यसैगरि सदस्यहरुमा राज थापामगर, मरिना वलाल मगर, ओसिङ्ग सारु मगर, अमिर थापामगर, कमल रानामगर, र टेक बहादुर रानामगर निर्वाचित हुनुभएको छ । निर्वाचित कार्यसमितिलाई नेपाल मगर चलचित्रकर्मी संघ केन्द्रिय अध्यक्ष भीम मास्की रानामगर, नेपाल आदिवासी जनजाति युवा संघका केन्द्रिय सचिव राधिका श्रीस मगर, नेपाल मगर चलचित्रकर्मी संघ लुम्विनी प्रदेश सचिव जेवी दर्लामी मगर, नेपाल मगर संघ लुम्विनी प्रदेश बरिष्ठ उपाध्यक्ष जनक थापामगर,नेपाल मगर चलचित्रकर्मी संघका पूर्व केन्द्रिय सचिव शंकर गाहा, नेपाल मगर युवा संघ जिल्ला समिति रुपन्देहीका अध्यक्ष हेमन्त बुढाथोकीमगर, नेपाल मगर संघ बुटवल उपमहानगर समिति अध्यक्ष बसन्ती साठिघरेमगर, फोनिज रुपन्देहीका अध्यक्ष सनु थापामगर लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । अधिवेशन नेपाल मगर चलचित्रकर्मी संंघ जिल्ला समिति रुपन्देहीका अध्यक्ष श्याम थापामगरको अध्यक्षतामा सम्पन्न भएको थियो ।