दुर्गा प्रसाद काफ्ले
चन्द्रौटा कपिलवस्तु
प्रेस चौतारी नेपाल जिल्ला शाखा कपिलवस्तुकाे दाेस्राे बैठक विभिन्न महत्त्वपूर्ण निर्णय गर्दै गाेरूसिङ्गेमा सम्पन्न भएको छ। बैठकलाई सम्बाेन गर्दै प्रेस चौतारीकि केन्द्रीय सदस्य पार्वती पाण्डेले प्रेस चौतारी नेपाल अन्य संगठन भन्दा फरक रहेको बताउदै ,पार्टी सरकार बाहिर रहेकोले पार्टीलाई आ – आफ्नाे क्षेत्रबाट कलम चलाउदै बलियो बनाउनु पर्नेमा जाेड दिएकी थिइन , साथै पार्टीले केन्द्रीय सरकुलर अनुसार यहि बैशाख १९गते प्रेस चौतारीकाे साधारण सभाका लागि जिम्मेवारीकाे बाँडफाँड समेत गरेको छ। साे अवसरमा चौतारीले पालिकाका मेयर ,उपमेयर एवं प्रदेश सभा सदस्य तथा प्रतिनिधि सभा सदस्य सहित १९जनालाई सम्मान गर्ने निर्णय गरेको छ। भने कार्यक्रम बाणगंगा नगरपालिका वडा न.९ मा रहेको कपिल धाममा गर्ने तय गरेको छ। प्रचारप्रमुख लक्ष्मण बेलबासेकाे बिशिस्ट आतिथ्यता ,जिल्ला शाखाका अध्यक्ष जानू पाण्डेको अध्यक्षता रहेको बैठक सचिव सजिव गहतराजकाे सञ्चालनमा सम्पन्न भएको आयोजक ले दर्पण पोस्ट अनलाइन लाई जानकारी दिएको छ !