दुर्गा प्रसाद काफ्ले
चन्द्रौटा कपिलवस्तु
लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री विष्णु पन्थीले कपिलवस्तु जिल्ला बुद्धभूमि नगरपालिका वडा नम्बर २ मा रहेको सर्प दंश उपचार केन्द्रलाई बिबिध सामाग्री हस्तान्तरण गर्नु भएको छ । प्रदेश सरकारबाट नगरपालिकालाई भिडियो एक्स-रे सहितका उपकरण हस्तान्तरण गरिएको छ । उपचार केन्द्रलाई थप व्यवस्थित गर्नका लागि सामाग्री सहयोग गरिएको लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्री विष्णु पन्थीले बताउनु भयो । सर्प दंशको उपचारमा उत्कृष्ट योगदान रहेकोले पहिलो पटक उपकरण सहयोग गरिएको मन्त्री पन्थीले जनाउनु भयो ।
यसै गरी प्रदेश सरकारले कपिलवस्तु सर्पदंश उपचार केन्द्रलाई आइसियु बेड सहित अन्य उपकरण हस्तान्तरण गरेको लुम्बिनी प्रदेश सभा सदस्य नवराज लामिछानेले बताउनु भयो । पालिकामा स्वास्थ्यको अवस्था सुधारको लागि ती सामाग्री सहयोग गरिएको थियो । नगरपालिकाले गर्वावती आमा र भ्रूण चेक जाँच गर्न भिडियो एक्स-रे उपकरण सेवा छिटै सञ्चालन गर्नु पर्नेमा जोड दिनु भयो । गर्भवती आमाहरूलाई गर्भ चेक जाँचका लागि बाहिर जानु नपर्ने र निःशुल्क सेवा प्रदान हुने लामिछानेले बताउनु भयो ।
कपिलवस्तु सर्पदंश उपचार २ थान आइसियु बेड (उपकरण बाहेक) सहितका सामाग्री हस्तान्तरण गरिएको छ । प्रदेश सरकारबाट केन्द्रलाई अक्सिजन सिलिन्डर ८ थान, अक्सिजन कन्सनट्रेटर ४ थान र बिरामी परीक्षण गर्ने बेड १ थान समेत सहयोग भएको केन्द्रका व्यवस्थापक नवीन भण्डारीले बताउनु भयो ।
सर्पदंश उपचार केन्द्र नगरको मात्र नभई देशकै नमुना भएकोले स्वास्थ्य सेवामा अझ उत्कृष्ट बनाउन प्रदेश सभा सदस्य लामिछाने र स्वास्थ्य मन्त्री पन्थी सँग पहल गरिएको बुद्धभूमिका समाजसेवी दिनेश बन्जाडेले बताउनु भयो ।