About Contact
१६ जेठ २०८०, मंगलबार
Close
बिज्ञापन
“लुम्बिनीमा युवा उपसचिव ज्ञवालीले गरे कार्यारम्भ”

Darpanpost बिहिबार, बैशाख ०७, २०८० मा प्रकाशित

featured photo: Darpanpost

तुल्शीराम पौडेल,
लुम्बिनी ,बैशाख ६

लुम्बिनी साँस्कृतिक नगरपालिका रुपन्देहीमा उपसचिव राम प्रसाद ज्ञवालीले प्रमुख प्रशासकीय अधिकृतको रुपमा बुधबारदेखि कार्य आरम्भ गरेका छन् ! घरेलु तथा साना उद्योग कार्यालय रुपन्देहीबाट सरुवा भई आएका ज्ञवालीको एक समारोहका बीच स्वागत तथा परिचयात्मक कार्यक्रम भएको हो । स्वागत कार्यक्रममा नगरपालिकाका कर्मचारीहरु, वडाका कर्मचारीहरु, वडा अध्यक्षहरु, न्यायिक समितिका पदाधिकारीहरु, संचारकर्मी लगायतको उपस्थिति रहेको थियो। स्वागत मन्तब्य नगरपालिकाका उपप्रमुख कल्पना हरिजनले दिंदै ज्ञवालीको आगमनबाट आफू निकै उत्साहित भएको र नगरपालिकाको बिकास तथा सेवा प्रवाहले गुणात्मक सुधार गर्नेमा आफू बिश्वस्त रहेको जनाउदै प्रमुख प्रशासकीय ज्ञवालीको कार्यकाल सुखद होस् भनी शुभकामना व्यक्त गरिन! कार्यक्रमको अध्यक्षता समेत गरिरहेका नगरपालिकाका प्रमुख सजरुद्दिन मुसलमानले युवा कार्यालय प्रमुखको आगमनले लुम्बिनी साँस्कृतिक नगरपालिकाको सेवा प्रवाह र सुशासनमा थप योगदान पुग्ने अपेक्षा राख्दै प्रमुख प्रशासकीय ज्ञवालीको कार्यकाल सफल होस् भनी शुभकामना व्यक्त गरे!

स्वागत कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले कानूनको शासन, सुशासन, बिकास र समृद्धिका लागि राजनैतिक तथा प्रशासनिक क्षेत्रका सबैले जिम्मेवार र सेवाग्राही तथा जनताप्रति पुर्ण उत्तरादायी बनी खट्नुपर्ने बताए! लुम्बिनी बिश्वकै आकर्षक र बौद्ध धर्मावलम्बीको पबित्र स्थल हुनाले यस क्षेत्रको सरसफाई र सौन्दर्यतालाई विशेष जोड दिएर काम गर्ने बताए! नगरपालिकाको प्रशासकीय भवन निर्माणलाई शिघ्रातिशिघ्र प्राथमिकता साथ अगाडि बढाउने र यसका लागि जग्गा प्राप्तिको कामलाई छिटो टुंगोमा पुराउन ढिला गर्न नहुने बताए।

स्वागत तथा परिचयात्मक कार्यक्रमको संचालन नगरपालिकाका प्रेश संयोजक सुरेश परियारले गरेका थिए। पदभार ग्रहण गरेसंगै आजै उपप्रमुख कल्पना हरिजनको संयोजकत्वमा इन्जिनियर रोशन घिमिरे, लेखा अधिकृत रमचन्द्र अर्याल, इन्जिनियर आशिष यादव तथा समन्वय अधिकृत तुल्सीराम लामिछाने लगायतको टोलीमा सहभागी भई विभिन्न योजनाहरुको अनुगमन गरेका ज्ञवालीले बिकासका काममा गुणस्तरीयता कायम हुनुपर्नेमा सम्बद्ध सरोकारवालालाई निर्देशन समेत दिए! बिगत लामो समय गृह मन्त्रालय र अन्तर्गतमा अनुभव हासिल गरेका ज्ञवालीले मर्चवारी गाउँपालिका, रोहिणी गाउँपालिकामा समेत काम गरी एक कुशल र जनमूखि प्रशासकको छवि बनाएका उपसचिव राम प्रसाद ज्ञवाली नेपाली साहित्व र संगीत क्षेत्रमा रन्जित ज्ञवालीको नामबाट समेत चिनिन्छन! उनका दर्जनौं प्रशासन, ब्यबस्थापनका पुस्तकहरु तथा कथा, कविता, गीत र गजल लगायतका साहित्यिक रचनाहरु प्रकाशित छन् ।

सम्बन्धित

ताजा अपडेट
निःशुल्क सेनिटरी प्याडको व्यवस्था हुने गरी बजेट ल्याउन उपसभामुखको आग्रह
विजयनगर महोत्सव जेष्ठ ४ देखि १४ गते सम्म हुने, अवलोकन गर्न आयोजकको आग्रह

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com