About Contact
१३ आश्विन २०८०, शनिबार
Close
बिज्ञापन
चम्पा मृत्यु प्रकरण : मूल प्रवाहसहित ६ वटा प्रवासी संगठनले बुझाए ज्ञापन पत्र

Darpanpost बिहिबार, चैत्र २३, २०७९ मा प्रकाशित

featured photo: Darpanpost

दुर्गा प्रसाद काफ्ले
चन्द्रौटा कपिलवस्तु
नेपाली युवती चम्पा गन्धर्वकाे शंकास्पद मृत्युको घटनाबारे गम्भीरतापूर्वक अनुसन्धान गर्न माग गर्दै मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सहित विभिन्न ६वटा संगठनले भारतीय प्रहरीलाई ज्ञापनपत्र बुझाएका छन् । मूल प्रवाहका केन्द्रीय उपाध्यक्ष समेत रहेका कपिल खनालमाे नेतृत्वमा गठित प्रतिनिधि मण्डलले बुधबार पंचकुलाका प्रहरी कमिश्नर संजय कुमारलाई भेटी ज्ञापनपत्र बुझाएका हुन प्रतिनिधि मण्डलकाे माग अनुसार आयुक्तकाे निर्देशनमा प्रहरीसंग प्रतिनिधि मण्डलले प्रतिनिधित्व घटनास्थलकाे पुन: निरिक्षण समेत गरेको छ। कपिलवस्तु जिल्लाकाे बाणगङ्गा नगरपालिका वडा न.६ गणेशपुरकी चम्पा गन्धर्व गत चैत २गते अर्थात मार्च १६मा बाथरूममा शंकास्पद अवस्थामा फेला परेकी उनकाे मृत्यु प्रकरणमा परिवार तथा भारतस्थित नेपाली संघसंस्थाहरूले मृत्युको प्रकृति हेर्दा शंकास्पद रहेकोले आत्म हत्या नभइ हत्याको आशंका गरेका छन् । चम्पाकाे शंकास्पद मृत्यु पछि त्यहाँ स्थित संयुक्त सर्घष समितिले प्रहरी चौकी घेराउपश्चात् मात्र जाहेरी दर्ता गरेको थियो घटनाको २०दिन सम्म पनि घर मालिक आसिस पन्धी र डा.नलिनी पन्धीलाई प्रहरीले नियन्त्रणमा नलिनु ,अन्य कर्मचारीहरूसंग कडाइका साथ साेधपुछ नगर्नु जस्ता कैयौं शंकास्पद गतिविधिले हत्यालाई आत्म हत्याकाे रूप दिन खाेजेकाे शंका गर्दै प्रतिनिधि मण्डलले प्रहरी प्रमुख संग भेटेको बताएका छन् । प्रतिनिधि मण्डलमा मूल प्रवाहका उपाध्यक्ष कपिल खनाल ,केन्द्रीय सदस्यहरू दिनेश खडका,प्रेम आचार्य ,प्रवासी नेपाली संघ भारतका केन्द्रीय नेताहरू मिना पाेख्रेल,मिनन ओलि ,नेपाली एकता मञ्च भारतका अध्यक्ष गाेकिन्द पाण्डे सदस्य दिपक थापा लाेकदाेहाेरी प्रतिष्ठानका भारत शाखा अध्यक्ष ललित गिरि लगाएत सहभागी रहका थिए। घटना स्थलकाे निरिक्षणमा मूल प्रवाहका केन्द्रीय सचिव एवम् सूदूर पश्चिमाेत्तर क्षेत्रिय अध्यक्ष प्रेम सापकोटा पनि स्थानिय प्रहरी र डेलिगेशन टिममा सहभागी रहेको बताइएकाे छ। डेलिगेशनप्रति नेपाली जनसम्पर्क समिति र अखिल भारत एकता मञ्चले समर्थन जनाएको छ। भने घटना स्थलकाे निरिक्षणपछि चम्पाकाे मृत्यु प्रकरण आत्म हत्या नभइ हत्या गरिएको हुन सक्ने प्रशस्त तथ्यहरू देखिएकाे कपिल खनालले जानकारी दिनुभएको छ।

सम्बन्धित

ताजा अपडेट
जिल्ला प्रथम विद्यार्थीहरुलाई सम्मान
बर्दघाटका देवकोटाको ’मुसुक्क मिठो हाँसो मायाको‘’ नामक लोक दोहरी सार्बजनिक

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com