About Contact
१६ जेठ २०८०, मंगलबार
Close
बिज्ञापन
कपिलवस्तुमा खाध्यान्न बितरण

Darpanpost बुधबार, चैत्र २२, २०७९ मा प्रकाशित

featured photo: Darpanpost

दुर्गा प्रसाद काफ्ले
चन्द्रौटा कपिलवस्तु
लायन्स क्लव अफ कपिलवस्तुका उपाध्यक्ष नवदत्त घिमिरेले खाद्य सामग्री प्रदान गर्नु भएको छ । सेवा भावले भरिएका तथा सामाजिक काममा नै रुचि राख्ने घिमिरेले आफ्नो जन्म दिनको अवसरमा खाध्यान तथा लत्ता कपडा प्रदान गर्नु भएको हो ।
पछिल्लो समय जन्म दिनको अवसरमा विभिन्न होटल तथा रेष्टुरेण्टहरुमा फजुल खर्च गर्ने प्रवृति बढिरहेको पाईन्छ । पश्चिमेली संस्कृति अनुसरण गरि जन्म दिनमा केक काट्ने साथीभाईहरुलाई डाक्ने अनि नाँचगान गरी रमाईलो गर्ने प्रचलन पनि नभएको होईन । सोहि क्रममा जन्म दिनमा केक काट्ने, रमाईलो गर्ने जस्ता प्रवृत्तिलाई अन्त्य गर्नका साथै गरिब विपन्नको घाउमा मलम लगाउने सेवा भावनाले खाध्यान तथा लत्ता कपडा जस्ता समग्री प्रदान गरिएको घिमिरे बताउनु भयो । उहाँले फजुल खर्च गर्नुको साटो गरिव, विपन्न तथा अशक्तहरुलाई जन्मोत्सवको अवसरमा सक्दो सहयोग गर्न सम्पुर्णलाई आग्रह गर्नुभयो ।
घिमिरेले आईतवार बाणगंगा वडा न. १ उत्तम नगर बस्ने बुलबुल थारुको परिवारलाई खाध्यान तथा लत्ता कपडा लगाएतका समग्री प्रदान गर्नु भएको छ । लायन्स क्लव अफ कपिलवस्तुको आयोजना तथा जन्मदिन पर्नु भएका क्लवका उपाध्यक्ष नवदत्त घिमिरेको संयोजनमा समग्री प्रदान गरिएको लायन्स क्लव अफ कपिलवस्तुले जनाएको छ ।
कार्यक्रममा लायन्स क्वल अफ कपिलवस्तुका पुर्व अध्यक्ष धातानन्द भुसाल, क्लवका अध्यक्ष राम शुभागे थारु, लगाएत सामाजिक व्यक्तित्व लिल बहादुर पहराईले आ आफ्नो भनाई राख्नु भनाई राख्नु भएको थियो । वडा न. १ का वडा सदस्य लायन्सका पदाधिकारीहरुको उपस्थिती रहेको कार्यक्रको संचालन सचिव शान्तराज गौरे ले गर्नु भएको थियो ।

सम्बन्धित

ताजा अपडेट
निःशुल्क सेनिटरी प्याडको व्यवस्था हुने गरी बजेट ल्याउन उपसभामुखको आग्रह
विजयनगर महोत्सव जेष्ठ ४ देखि १४ गते सम्म हुने, अवलोकन गर्न आयोजकको आग्रह

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com