About Contact
१६ जेठ २०८०, मंगलबार
Close
बिज्ञापन
राष्ट्रिय सहकारी दिवस २०७९ काे अवसरमा जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम परासीमा सम्पन्न

Darpanpost शुक्रबार, चैत्र १७, २०७९ मा प्रकाशित

featured photo: Darpanpost

सुरेश यादव,नवलपरासी/

परासी सुचना तथा संचार सहकारी संस्था लि.द्वारा संचालित सामुदायिक रेडियाे परासी ९०.२ मेगाहर्जकाे आयाेजना तथा रामग्राम ,सुनवल,बर्दघाट नगरपालिका,
पाल्हिनन्दन,सरावल,प्रतापपुर र सुस्ता गाउँपालिकाकाे सहकार्यमा ६६ ओैं राष्ट्रिय सहकारी दिवस २०७९ अवसरमा सहकारीकाे अवस्था विषयक जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे छ ।

सामुदायिक रेडियाे परासीका अध्यक्ष सुमन गाेपाल आचार्यकाे अध्यक्षता तथा जिल्ला सहकारी संघ नवलपरासीका अध्यक्ष बिष्णु प्रसाद पाैडेलकाे प्रमुख आतिथ्यतामा भएकाे अन्तरक्रिया कार्यक्रममा बाेल्दै प्रमुख अतिथी पाैडेलले जिल्ला सहकारी संघमा आवद्ध रहेका सहकारी संस्थाहरुले गर्नु पर्ने कार्य र विनियम अनुसार लाग्नु पर्ने जाेड दिदैं सहकारी संघमा सदस्यता नलिएका सहकारी संस्थालाई आउने दिनमा सदस्यता लिनु पर्ने साथै सुनवलमा निर्माणधिन सितभण्डार अब छिटै संचालनमा आउने उहाँले बताउनुभयाे ।

कार्यक्रममा बचत तथा ऋण संघ नवलपरासीका अध्यक्ष राजन आचार्य , नेप्सकुन विभागका सदस्य लेखनाथ खरेल, जिल्ला सहकारी संघ सदस्य पुरन प्रसाद चाैधरी,रामग्राम नगरपालिकाका आर्थिक प्रशासन शाखा अधिकृत तथा सहकारी फाेकल पर्सन राम सुवास गुप्ता,सुनवल नगरपालिकाका सहकारी फाेकल पर्सन खेमराज ढकाल,बर्दघाट नगरपालिकाका सहकारी फाेकल पर्सन कृष्णप्रसाद मरासिनी लगायतले बाेल्नु भएकाे थियाे भने कार्यक्रम सहजीकरण रेडियाे परासीका प्रबन्ध निर्देशक मेघराज गाैतमले गर्नुभएकाे थियाे र कार्यक्रमलाई रेडियाे परासीले प्रत्येक्ष प्रसारण पनि गरेकाे थियाे ।

सम्बन्धित

ताजा अपडेट
निःशुल्क सेनिटरी प्याडको व्यवस्था हुने गरी बजेट ल्याउन उपसभामुखको आग्रह
विजयनगर महोत्सव जेष्ठ ४ देखि १४ गते सम्म हुने, अवलोकन गर्न आयोजकको आग्रह

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com