About Contact
१६ जेठ २०८०, मंगलबार
Close
बिज्ञापन
चन्द्रौटामा स्मार्ट शौचालय बन्दै

Darpanpost शुक्रबार, चैत्र १७, २०७९ मा प्रकाशित

featured photo: Darpanpost

दुर्गा प्रसाद काफ्ले
चन्द्रौटा कपिलवस्तु
कपिलवस्तु जिल्ला भरिमा ठूलो मानिने वजार हो, चन्द्रौटा । जहाँ जिल्लाभित्रवाट मात्र नभइ भारत लगायत अन्य जिल्लावाट समेत दिनहुँ हजारौं सर्वसाधारण चन्द्रौटापुग्ने गर्दछन् । शिवराज नगरपालिका– ५, मा पर्ने चन्द्रौटावजारमा सार्वजनिक शौचालय नहुँदा आमनागरिक समस्या भौग्दै आएका थिए । त्यसैलाई मध्यनजर गर्दै शिवराज नगरपालिकाले चन्द्रौटा वजारमा वुधवार देखि अस्थायी स्मार्ट शौचालयको निर्माण कार्य सुरुवात गरेको छ ।

मेयर अजय थापाले निर्माण कार्य सुरु भएको सार्वजनिक शौचालय अपांग तथा महिलामैत्री रहने वताए । शौचालयमा सेनेटरी प्याड, पर्याप्त पानी, वत्ती र सुविधाजनक शौच गर्ने ठाउँ हुने वताउँदै पर्याप्त स्थान अनुसार महिला र पुरुषका लागि छुट्टाछुट्टै डिजाइनमा निर्माण गरिने उनले वताए ।

मेयर थापाका अनुसार शिवराज नगरपालिकाका प्रावधिक टोलीले तय गरेको डिजाइनअनुसार शौचालयमा स्वचालित वत्ती जडान गरिनेछ । जुन मान्छे छिर्दा वत्ति वल्ने छ र निस्कँदा आफैं निभ्नेछ । शौच सकिएपछि सफाइकालागि प्रयाप्त पानी, ट्वाइलेट पेपर, स्प्रे लगायत व्यवस्था हुनेछ । हात धुन सावुन र पानीको समेत व्यवस्था गरिनेछ ।

“शौचपछि स्वचालित उपकरणले पानी झार्छ र फोहोर पखाल्छ । नगरपालिकाले शौचालय निर्माण गर्ने ठाउँ, वरिपरिको वातावरण पनि सफा सुग्घर र व्यवस्थित गर्ने योजना ल्याएको छ । शौचालय भन्ने वित्तीकै फोहोरी ठाउँ हो भन्ने आम मानिसमा धारणा वनेको छ । त्यसलाई हामी गलत सावित गर्न चाहन्छौं’– मेयर थापा को भनाइ छ !

यस्तै वडा नम्वर–५ का वडा अध्यक्ष नेत्र प्रसाद वेल्वासेले टाढैवाट गन्धले नाक छोप्नु पर्ने वाध्यता हट्ने जनाउँदै वन्न थालेको शौचालय दुर्गन्धित र अव्यवस्थित नहुने जनाए । सुरु भएको शौचालय सुविधा सम्पन्न बनाउने प्रयास रहेको उनले वताए । नयाँ शौचालयका निम्ति उपयुक्त ठाउँ छनौट गरेको अध्यक्ष वेल्वासेको भनाई छ ।

केही दिन पहिले नगरपालिकाले शौचालय निर्माण गर्ने सूचना पाएपछि स्थानीय युवाले उक्त स्थानमा शौचालय नबनाउने भन्दै ध्यानाकर्षण पत्र वुझाएका थिए । सोहीअनुसार निर्माण थालेपछि केही स्थानीयद्वारा विरोधसमेत भएको थियो । मेयर थापा निर्माण स्थल पुगी विवाद समाधान गरेपछि निर्माण कार्य पुनः सुचारु भएको छ । एक साताभित्र शौचालयको निर्माण कार्य सम्पन्न गरी प्रयोगमा ल्याइने समेत नगरपालिकाले जनाएको छ।

सम्बन्धित

ताजा अपडेट
निःशुल्क सेनिटरी प्याडको व्यवस्था हुने गरी बजेट ल्याउन उपसभामुखको आग्रह
विजयनगर महोत्सव जेष्ठ ४ देखि १४ गते सम्म हुने, अवलोकन गर्न आयोजकको आग्रह

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com