श्रम गरी बसेको छु घर परिवारको हेरविचार गर्नु छ
साहुको ऋण तिर्न अझै वाकी छ
गरिबको घरमा जन्मिए मनका रहर मनमै रहे
यो संसारमा गरिबीमा बाच्न सङ्घर्ष गरिरहे
मनबाट विचार गर्छु गरिबीमा कसरी बाच्ने
साँचेका सपनाहरू गरिबीले मरिसके
एक छाक टार्न कति गाह्रो कुरा बुझ न
यस्तै अनेक प्रश्नहरू मेरो मनमा छन्
भनूँ म कसरी दुःखका दिनहरू बितेका छन्
कहिले सम्म सकिन्छ गरिबीमा बाच्न
श्रम गरी बसेको छु घर परिवारको हेरविचार गर्नु छ
साहुको ऋण तिर्न अझै वाकी छ