काठमाडौं । चलचित्र विकास बोर्डका कार्यकारी अध्यक्ष भुवन केसीले कलाकारहरुको गोपनियता र सुरक्षामा साइबर हमला हुनेक्रम बढेको बताउनुभएको छ । मंगलवार चलचित्र विकास बोर्डले काठमाडौंमा आयोजना गरेको फिल्म साइबर सेक्युरिटि डेस्कबारे अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । कार्यकारी अध्यक्ष केसीले प्रविधिका कारण सहज भएसँगै समस्या पनि बढीरहेको बताउनु भयो । उहाँले प्रविधिले साइबर सुरक्षाको विषयमा नयाँ चुनौति थपेको बताउनु भयो । कार्यकारी अध्यक्ष केसीले कलाकारहरुको गोपनियता र सुरक्षामा पनि साइबर हमला हुने क्रम बढ्दै गएको बताउनु भयो । उहाँले साइबर हमलाको समस्याको समाधानका लागि विकास बोर्डले चलचित्र साइबर सेक्युरिट सम्बन्धित डेडिकेटेड डेस्क हटलाइनसहित स्थापना गर्ने नीति लिएको स्पष्ट पार्नुभयो । साइबर सुरक्षालाई बहुपक्षिय दृष्टिकोणबाट सम्बोधन गर्नुपर्ने बताउनु भयो । नेपाली राष्ट्रिय चलचित्र उद्योगले सामना गरिरहेको साइबर सुरक्षा चुनौतिलाई सम्बोधन गर्न चलचित्र विकास बोर्ड प्रतिवद्ध रहेको उल्लेख गर्नुभयो ।