About Contact
१६ जेठ २०८०, मंगलबार
Close
बिज्ञापन
राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेललाई सम्मान

Darpanpost मंगलबार, चैत्र १४, २०७९ मा प्रकाशित

featured photo: Darpanpost

रामग्राम समाचारदाता
रामग्राम ,
क्रिकेट खेल मार्फत नेपाललाई विश्वभर चिनाउन सफल राष्ट्रिय टिमका कप्तान रोहित पौडेललाई गृह जिल्ला नवलपरासी ( बर्दघाट —सुस्ता पश्चिम ) को बर्दघाटमा आज सम्मान गरिएको छ ।
बर्दघाटमा आयोजित एक कार्यक्रम बिच कप्तान पौडेललाई संघीय सांसद विनोद चौधरीले सम्मान गर्नुभएको हो । सम्मान कार्यक्रममा सांसद चौधरीले कप्तान पौडेलले क्रिकेट खेल मार्फत नेपाललाई विश्वसामु चिनाउन सफल भएको भन्दै प्रशंसा व्यक्त गर्नुभयो । उहाँले क्रिकेटमा नेपालले प्राप्त गरेको उपलब्धीले देशभित्र र बाहिर रहेका सबै नेपालीहरूलाई जोड्ने काम भएको बताउनुभयो । उहाँले आफूले पनि खेलकुद क्षेत्रको विकासका लागि आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।
कप्तान पौडेलले सम्पूर्ण नेपालीहरूको मायाले नेपाली क्रिकेट क्षेत्र र खेलाडी उत्साहित भएको बताउनुभयो । उहाँले आफूहरूको अबको लक्ष्य विश्वकप छनोट भएको उल्लेख गर्नुभयो । “अब हाम्रो एउटा मात्रै लक्ष्य जिम्बाबेमा हुने विश्वकप छनोट हो । त्यसमा पनि उत्कृष्ट प्रदर्शन गरेर विश्वकप खेल्ने नै हो,” उहाँले भन्नुभयो ।
उक्त अवसरमा स्थानीय युवा क्लबले पनि कप्तान पौडेललाई सम्मान गरेको हो । नवलपरासी बर्दघाट –१४ निवासी पौडेललाई यसअघि बर्दघाट नगरपालिकाले पनि सम्मान गरेको थियो ।

क्रिकेट खेल मार्फत नेपाललाई विश्वभर चिनाउन सफल राष्ट्रिय टिमका कप्तान रोहित पौडेललाई गृह जिल्ला नवलपरासी ( बर्दघाट —सुस्ता पश्चिम ) को बर्दघाटमा सोमवार सम्मान गर्दै संघीय सांसद विनोद चौधरी ।

 

सम्बन्धित

ताजा अपडेट
निःशुल्क सेनिटरी प्याडको व्यवस्था हुने गरी बजेट ल्याउन उपसभामुखको आग्रह
विजयनगर महोत्सव जेष्ठ ४ देखि १४ गते सम्म हुने, अवलोकन गर्न आयोजकको आग्रह

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com