About Contact
१६ जेठ २०८०, मंगलबार
Close
बिज्ञापन
कपिलवस्तुमा खाना पकाउन दाउरा र गुइठाको

Darpanpost सोमबार, चैत्र १३, २०७९ मा प्रकाशित

featured photo: Darpanpost

दुर्गा प्रसाद काफ्ले,

कपिलवस्तु । राष्ट्रिय जनगणना, २०७८ को तथ्यांक अनुसार अधिकाशं परिवारले दैनिक खाना पकाउन दाउराकै प्रयोग गर्ने गरेको पइएको छ ।
पछिल्ला वर्षहरुमा सिलिण्डर ग्यास र विद्युतीय चुलोको प्रयोगमा बढी जोड दिने गरिएको भए पनि परिवारको संख्या ठूलो भयकाले अक्सर (मुख्य रुपमा) खाना पकाउन प्रयोग गरिने इन्धनको रुपमा कपिलबस्तुमा काठ÷दाउराको प्रयोगको दर धेरै देखिएको हो । यहाँ दाउरालाई इन्धनको रुपमा प्रयोग गर्ने जनसंख्या ६२ हजार ५५६ जना छन् । यस्तै एल.पी.ग्याँसको प्रयोग गर्ने संख्या ४६ हजार १२२ जना छन् भने कपिलवस्तुमा बिजुलीको प्रयोगबाट खाना पकाउनेको संख्या जम्मा ८६५ जना छन् ।

यस्तै कपिलवस्तुमा गोबर गुइठालाई इन्धनको रुपमा प्रयोग गर्नेको संख्या पनि ठूलो छ । अझै पनि कपिलवस्तुमा १० हजार ६२ जनाले गुइठाको प्रयोग गर्ने गरेको राष्ट्रिय जनगणनामा समेटिएको छ । यस बाहेक बायोग्याँस २ हजार ३४ जना, मट्टितेल ३० जना र अन्य १९२ जनाले खाना पकाउन इन्धनको रुपमा प्रयोग गर्ने गरेका छन् । जिल्लामा अक्सर बिजुलीको प्रयोग गर्ने जनसंख्या १ लाख १५ हजार ७४३ रहेका छन् ।

सम्बन्धित

ताजा अपडेट
निःशुल्क सेनिटरी प्याडको व्यवस्था हुने गरी बजेट ल्याउन उपसभामुखको आग्रह
विजयनगर महोत्सव जेष्ठ ४ देखि १४ गते सम्म हुने, अवलोकन गर्न आयोजकको आग्रह

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com