About Contact
१६ जेठ २०८०, मंगलबार
Close
बिज्ञापन
बर्दघाटको खजुरा खोलामा पक्की पुल निर्माणका लागि शिलान्यास

Darpanpost आइतबार, चैत्र १२, २०७९ मा प्रकाशित

featured photo: Darpanpost

नवलपरासी ,
नवलपरासी ( बर्दघाट– सुस्ता पश्चिम ) जिल्लाको बर्दघाट नगरपालिका अन्तर्गत वडा न. ५ र १६ जोड्ने खजुरा खोलामा पक्की पुल निमार्णका लागि शिलान्यास गरिएको छ । उक्त पुलको आज प्रतिनिधिसभा सदस्य विनोद चौधरीले शिलान्यास गर्नुभयो ।
कुल रु ९ करोड ७७ लाखको लागतमा ३० महिना भित्र निर्माण सम्पन्न हुने लक्ष्य लिएको पुल संघीय सरकार अन्तर्गत भौतिक पूर्वाधार मन्त्रालयको लगानीमा निर्माण हुन लागेको हो ।
पुल को शिलान्यास गर्दै प्रतिनिधि सभा सदस्य चौधरीले ठेकेदार कम्पनीले तोकिको समय भित्रै काम सम्पन्न गर्न आफूले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । पुल निमार्णपछि त्रिवेणी धाम पुग्न सबैभन्दा नजिकको बाटो हुने विश्वास लिइएको छ ।


७५ मिटर लम्बाइ र ११ मिटर चौडाइमा निर्माण हुने पुल निर्माण भएपछि नवलपरासी ( बर्दघाट– सुस्ता पश्चिम ) जिल्लाको ग्रामीण क्षेत्रको यातायातको पहुँच विस्तारमा सहयोग पुग्ने विश्वास लिइएको छ ।

सम्बन्धित

ताजा अपडेट
निःशुल्क सेनिटरी प्याडको व्यवस्था हुने गरी बजेट ल्याउन उपसभामुखको आग्रह
विजयनगर महोत्सव जेष्ठ ४ देखि १४ गते सम्म हुने, अवलोकन गर्न आयोजकको आग्रह

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com