About Contact
१६ जेठ २०८०, मंगलबार
Close
बिज्ञापन
एसइइ परिक्षामा करिब दस हजार सहभागी हुँदै

Darpanpost बिहिबार, चैत्र ०९, २०७९ मा प्रकाशित

featured photo: Darpanpost

दुर्गा प्रसाद काफ्ले
चन्द्रौटा कपिलवस्तु
माध्यमिक शिक्षा परीक्षा (एसइइ) का लागि कपिलवस्तुमा बिहिवार सम्म करिब ९५ प्रतिशत तयारी सकिएको पाइएको छ ! । यस वर्ष कपिलवस्तुमा एसइइ परीक्षामा ९ हजार बढी विद्यार्थी सहभागि हुदैँ छन् ।
शिक्षा विकास तथा समन्वय इकाई कपिलवस्तुका शाखा अधिकृत अर्जुन कुँवरले दिनुभएको जानकारी अनुसार कपिलवस्तुमा यसवर्ष नियमित तर्फ कुल ८ हजार ९ सय ६६ विद्यार्थी परीक्षामा सहभागी हुदैँ छन ! यस्तै ग्रेड बृद्धी तर्फ ३ सय२२ जना, प्राविधिक तर्फ ४ सय २३ जना गरी कपिलवस्तुमा यसवर्ष कुल ९ हजार ७ सय ११ विद्यार्थीले एसइइ परीक्षा दिने तयारी छ ।
यही चैत्र १७ गते देखि सुरु हुन लागेको उक्त परीक्षाका लागि कपिलवस्तुमा यस वर्ष २ वटा नयाँ परीक्षा केन्द्र थप गरी २७ बाट २९ बनाइएको छ । जिल्लाको शुद्धोधन गाउँपालिका स्थित मुरफुटुवामा एउटा र महाराजगञ्ज नगरपालिकामा न्यू शिशु इङ्लिस बोर्डिङ् स्कूलमा एउटा केन्द्र थप गरीएको पनि शाखा अधिकृत कुवँरले ले जनायका हुन ! जिल्लामा तोकिएका २९ वटै परीक्षा केन्द्रमा परीक्षा संचालनका लागि शिक्षा तथा समन्वय इकाइले तत्काल केन्द्राध्यक्षहरुको नियुक्ती गर्ने तयारी गरेको छ भने तोकिएका केन्द्राध्यक्षहरुलाई अभिमुखीकरण गरी परीक्षालाई मर्यादित र अनुशासित तवरबाट सम्पन्न गराउने तयारी गरिएको छ ।
यसैबिच कपिलवस्तुमा एउटा पनि केन्द्र नरहेको पालिका पनि रहेको छ । जिल्लाको यशोधरा गाउँपालिकामा एउटा पनि केन्द्र नरहेको जिल्ला शिक्षा विकास तथा समन्वय इकाइका शाखा अधिकृत अर्जुन कुवँरले जानकारी दिनुभयो । यशोधरा बाहेक जिल्लाका अन्य सबै पालिकामा भने केन्द्र निर्धारण गरिएको छ ।
यस्तै यस वर्षको एसइइ परीक्षा संचालनका लागि आवश्यक पर्ने उत्तर पुस्तिका तोकिएका केन्द्रहरुमा पुगिसकेका छन् भने आवश्यक प्रश्नपत्र पनि जिल्लामा आइसकेको कुवँरले बताउनुभयो । परक्षा संचालनका लागि कार्यालयका तर्फबाट सबै काम तिव्र गतिमा भईरहेको पनि उहाँले बताउनुभयो ।
गत वर्ष कपिलवस्तुमा एसइइमा कुल ८ हजार ८३ विद्यार्थी सामेल भएका थिए भने २७ वटा केन्द्र निर्धार गरी परीक्षा गराइएको थियो । यो वर्ष विद्यार्थी संख्यामा पनि बृद्धी भएको छ भने परक्षा केन्द्र पनि थप गरिएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा (एसइइ परीक्षा चैत्र १७ गते शुक्रवारदेखि २९ गतेसम्म सञ्चालन हुने जनाए अनुसार कपिलवस्तुमा पनि त्यसको तयारी गरिएको हो । बिहान ८ देखि ११ बजेसम्म परीक्षा संचालन हुने राष्ट्रिय परक्षा बोर्डले जारी गरेको समय तालिमा उल्लेख गरिएको छ ।

परीक्षा निष्पक्ष, मर्यादित र व्यवस्थित बनाउने गरी तयारी भइरहेको शिक्षा विकास तथा समन्वय इकाई कपिलवस्तुले जानकारी दिएको छ ।

सम्बन्धित

ताजा अपडेट
निःशुल्क सेनिटरी प्याडको व्यवस्था हुने गरी बजेट ल्याउन उपसभामुखको आग्रह
विजयनगर महोत्सव जेष्ठ ४ देखि १४ गते सम्म हुने, अवलोकन गर्न आयोजकको आग्रह

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com