About Contact
१६ जेठ २०८०, मंगलबार
Close
बिज्ञापन
स्वास्थ्य सेवा अब एउटै छानामुनी

Darpanpost बिहिबार, चैत्र ०९, २०७९ मा प्रकाशित

featured photo: Darpanpost

दुर्गा प्रसाद काफ्ले
चन्द्रौटा कपिलवस्तु
कपिलवस्तुको शिवराज नगरपालिका ले स्वास्थ्य सेवालाई प्रभावकारी बनाउने गरी अगाडि बढाउने भएको छ। यश अन्तरगत गर्भवती, सुत्केरी र ज्येष्ठ नागरिकलाई निशुल्क एम्बुलेन्सको सेवा प्रदान गरेको शिवराज, स्मार्ट क्लीनिक सन्चालनको तयारीमा भइ सकेको छ।  नगरपालिका अब तिन,तीन महिनामा जेष्ठ नागरिकको स्वास्थ्य जाँच घरदैलोमा पुगि दिनेगरि योजना बनाउना नगर प्रमुखले स्वास्थ्य कर्मीहरूलाइ निर्देशन दिएका छन् ।

नगरको वडा नं. ५ चन्द्रौटामा स्मार्ट क्लीनिकको भवन बनिरहेको र आगामी बैशाख १ गते औपचारिक सेवाको उद्घाटन गर्ने तयारीमा शिवराज नगरपालिका तिब्र गतिमा लागि रहेको पाइएको छ ।

स्मार्ट क्लीनिक देशकै नमूना अवधारणा हो । सुविधाजनक भवन र सेवा मार्फत सबै खाले खोप सम्बन्धि कार्य एकै स्थानबाट गर्न थालिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख चुडामणी भट्टराईले बताए ।
राज्यले उपलब्ध गराएका सबैखाले उमेर समूहका व्यक्तिलाई दिइने खोप एकै ठाउँबाट व्यवस्थित ढंगले सेवा प्रदान गर्न थालिएको उनको भनाइ छ।

यस्तै शिवराज आधारभूत हस्पिटलबाट चौविसै घण्टा सेवा दिने तयारीमा शिवराज नगार पालिका ले तयारी गरि रहेको छ भने हस्पिटलमा आवश्यक जनशक्ति परिपूर्तिका लागि विज्ञापन खुलाइएको नगर पालिका ले जनाएको छ । आगामी आर्थिक बर्ष देखि एमडी चिकित्सकसहित हस्पिटलबाट नगरबासीलाई सेवा दिने तयारी रहेको नगर अजय प्रमुख थापाले बताए ।
साथै स्वास्थ्य बीमा कार्यक्रमलाई समेत आगामी आवबाट थप प्रभावकारी बनाउने योजनामा आफूहरु रहेको उनले दर्पण पोस्त अनलाइन लाई जान्कारी दिएका छन !

नगरमा रहेका स्वास्थ्य संस्थाको सुदृढिकरण र सेवा प्रवाहलाई व्यवस्थित बनाउनका लागि एक चरणको छलफल सकेर योजना निर्माण थालिएको नगर प्रमुख थापाले बताए ।
थापाले शुक्रबार स्वास्थ्य क्षेत्रमा काम गर्ने मुख्य व्यक्तिलाई नगरमा बोलाएर छलफल गरेका थिए ।
आफ्नो मुख्य प्राथमिकतामा स्वास्थ्य क्षेत्र पनि परेको बताउँदै यसलाई कसरी प्रभावकारी र जनमुखी सेवा प्रदान गर्न सकिन्छ भनेर सम्बन्धित शाखाका कर्मचारीसंग नगर प्रमुख थापाले राय मागेको पाइएको छ !

नगर प्रमुख थापा मावि तहसम्मको शिक्षा निशुल्क बनाउने अभियानमा छन् भने, स्वास्थ्य सेवालाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउने गरी लागि परेका छन् ।
नगरका स्वास्थ्य शाखा प्रमुख भट्टराईले नगर प्रमुखको नजरमा स्वास्थ्य क्षेत्र प्राथमिकतामा परेको बताएका छन !
‘शिक्षासंगै स्वास्थ्यलाई समेत राम्रो बनाउने दिशामा नगर प्रमुख हुनुहुन्छ, यसमा हाम्रो पूर्ण साथ र सहयोग छ’, भट्टराईले भने ।
शिवराज नगर पालिका वडा नम्बर १ देखि वडा नम्बर ११ सम्म मा स्थायी र अस्थायी गरी झण्डै ९० जना स्वास्थ्यकर्मी हरु कार्यरत गरि रहेका छन् ।

सम्बन्धित

ताजा अपडेट
निःशुल्क सेनिटरी प्याडको व्यवस्था हुने गरी बजेट ल्याउन उपसभामुखको आग्रह
विजयनगर महोत्सव जेष्ठ ४ देखि १४ गते सम्म हुने, अवलोकन गर्न आयोजकको आग्रह

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com