About Contact
१६ जेठ २०८०, मंगलबार
Close
बिज्ञापन
बर्दघाट नगरपालिकाको टोलि जग्गा माग्दै मन्त्रालयमा

Darpanpost मंगलबार, चैत्र ०७, २०७९ मा प्रकाशित

featured photo: Darpanpost

प्रकाश न्यौपाने
नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाको टोलि ट्रमा सेन्टरलाई जग्गाको माग सहित मन्त्रालय जाने भएको छ। बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठले ट्रमा सेन्टर बर्दघाटमा नै बनाउनका लागी नगर लागी परेको बताउदै उहाले ट्रमा सेन्टरलाई आवश्यक पर्ने जग्गाको माग लिएर मन्त्रालय जान लागिएको बताउनु भयो । उहाँ भन्नु हुन्छ-” ट्रमा सेन्टर बर्दघाटमा नै बनाउनेमा नगर लागीरहेको छौँ । नगरको नेतृत्वमा सर्वपक्षीय छलफलहरु भइ रहेको छ ।”
हाल राष्ट्रिय आवस कम्पनीको नाउ मा रहेको बर्दघाट नगरपालिका वडा नम्बर २ चिसापानीमा रहेको २ बिघा १४ कट्ठा जग्गामा नै ट्रमा सेन्टर बनाउदा सबै भन्दा उपयुक्त हुने देखीएको भन्दै नगरले अन्तिम प्रयास स्वरुप मन्त्रालय जान र जग्गा माग गर्न लागिएको नगर प्रमुख श्रेष्ठले बताउनु भयो । उहा भन्नु हुन्छ -” हाल बर्दघाट २ मा रहेको राष्ट्रिय आवस कम्पनीको नाउमा रहेको जग्गा माग गर्छौ । यदि यो जग्गा पाउन सकेनौ भने बर्दघाट २ मा नै रहेको अर्को जग्गा माग गर्ने तयारीमा छौँ ।”

नगर उपप्रमुख रुद्र प्रकाश उपाध्यायले बर्दघाटमा नै ट्रमा सेन्टर बनाउने बिषयमा नगर अत्यन्तै गम्भीर भएर लागी रहेको बताउनु भयो । उहाँ भन्नू हुन्छ -” ट्रमाको बिषयलाई हामीले गम्भीरताका साथ लिगेका छौं । ट्रमा सेन्टर नगर भित्र गराउन सकेमा स्वास्थ्य क्षेत्रमा उदारणिय काम हुने बिश्वास लिगेका छौं ।”

जग्गा माग गर्नका लागी संविधान सभा सदस्य बिक्रम खनाल, बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठ, निवर्तमान नगर प्रमुख धिरज शर्मा बस्याल, बर्तमान नगर उपप्रमुख रुद्र प्रकाश उपाध्याय, वडा नम्बर २ का वडा अध्यक्ष गणेश बहादुर क्षेत्रीसहितको टोलि मन्त्रालयमा जाने तयारी गरेको छ ।

सम्बन्धित

ताजा अपडेट
निःशुल्क सेनिटरी प्याडको व्यवस्था हुने गरी बजेट ल्याउन उपसभामुखको आग्रह
विजयनगर महोत्सव जेष्ठ ४ देखि १४ गते सम्म हुने, अवलोकन गर्न आयोजकको आग्रह

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com