About Contact
१६ मंसिर २०८०, शनिबार
Close
बिज्ञापन
बाढी ले डुवायो बगरे खेती किसान चिन्तामा

Darpanpost सोमबार, चैत्र ०६, २०७९ मा प्रकाशित

featured photo: Darpanpost

 

[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]

दुर्गा प्रसाद काफ्ले
चन्द्रौटा कपिलवस्तु

कपिलवस्तु जिल्ला शिवराज नगर पालिका वडा नम्बर – ८ देवीपुरका कृषकले लगाएको बगरे खेती बाढीले पुरेर नष्ट बनाएको छ । आइतबार राति पानी पर्दा आएको बाढीको कारण सुरही खोलाको किनारमा लगाएको खेती नष्ट भएको हो ।
शिवराज नगरपालिकाको अनुदानमा स्थानीय सफल कृषक समूहले नदीको किनारमा बगरे खेती गरेको पाइएको छ ! उक्त खेती करिब २२ कट्ठा जमिनमा लगाइएको खेती पूर्ण रूपमा क्षति गरेको समूहका अध्यक्ष सुग्रीव लोनियाले दर्पण पोस्ट अनलाइन बाट अनुगमन मा गएको टोली संघ कुरा गर्दै बताउनुभयको हो । बजारमा बिक्रीका लागि तयार भएका काँक्रा, लौका, तरबुजा, खरबुजा, करेलालगायत बालीमा बाढीले क्षति गरेको थियो !
“पानी पर्छ भन्ने समाचारमा मात्र सुनेको तर वर्षा याममाजस्तो ठूलो बाढी आउने कल्पना गरिएको थिएन अध्यक्ष को भनाइ थियो । उत्पादित तरकारी बिक्री गर्ने समयमा नोक्सानी भएको छ । अन्दाजी १६ लाख रुपियाँ बरावरको नोक्सानी भएको छ” लोनियाले भन्नुभयो ।
क्षति भएको खेतीको शिवराज नगरपालिकाका नगरप्रमुख अजय थापासहितको टोलीले अनुगमन गरेको छ । राहतको विषयमा कार्यपालिका बैठकमा छलफल गरिने नगरप्रमुख थापाले बताउनुभयो ।

सम्बन्धित

ताजा अपडेट
देवदहमा प्रथम मिडिया कप ‘सेभेन-ए साइड’ सुरु
महिला चलचित्रकर्मीहरुको विकासका लागि राज्यले सहयोग गर्छः मन्त्री शर्मा

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

कार्यकारी सम्पादक: धना पन्थी

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Lumbini Province, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com