About Contact
१६ जेठ २०८०, मंगलबार
Close
बिज्ञापन
कपिलवस्तुका ३ स्थानमा अनेरास्ववियुको प्यानल विजयी 

Darpanpost सोमबार, चैत्र ०६, २०७९ मा प्रकाशित

featured photo: Darpanpost

दुर्गा प्रसाद काफ्ले
चन्द्रौटा कपिलवस्तु
५ चैत आइतबार

कपिलवस्तुमा हाल सम्म नतिजा प्राप्त भएका ४ वटा क्याम्पस मध्ये ३ वटामा अनेरास्ववियूको एकल प्यानल विजयी भएको छ । त्यसैगरी एउटामा नेविसंघको प्यानल विजयी भएको छ । बुद्धभूमी क्याम्पस बर्कलपुर ,फलारी बाबा बहुमुखी क्याम्पस महाराजगंग र नेपाल आदर्श बहुमुखी क्याम्पस शिवपुरमा अनेरास्ववियूको प्यानल नै बिजयी भएको हो । बुद्धभूमीमा बाबुराम गिरीको प्यानल, महाराजगंजमा अभिशेष यादवको प्यानल र शिवपुरमा राम कुमार तेलीको प्यानल नै विजयी भएको हो । नेपाल आदर्श क्याम्पस शिवपुर र फलारी वावा बहुमुखी कयाम्पस महाराजगंज यस अघि नेविसंघले जित्दै आएका क्याम्पस हुन् । यता कपिलवस्तु बहुमुखीमा नेविसंघको प्यानल बिजयी भएको छ ।
तोयनारायण न्यौपानेको प्यानल बिजयी भएको हो । आइतबार साँझ ९ बजेसम्म प्राप्त मतपरिणाम अनुसार ३४ वटा क्याम्पसमा सभापति जितेर एमालेनिकट अनेरास्ववियु पहिलो स्थानमा छ । त्यस्तै, माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीले १२ वटा क्याम्पसमा सभापति जितेको छ भने नेपाली कांग्रेसनिकट नेविसंघले १४ र नेकपा एसनिकट अनेरास्ववियूले ३ क्याम्पसमा सभापति जितेका छन् ।
ज्नमोर्चा निकट अखिल छैटौंले एउटा क्याम्पसमा सभापति जितेको छ भने विप्लव नेकपानिकट अखिल क्रान्तिकारीले एउटा क्याम्पसमा सभापति जितेको छ ।

सम्बन्धित

ताजा अपडेट
निःशुल्क सेनिटरी प्याडको व्यवस्था हुने गरी बजेट ल्याउन उपसभामुखको आग्रह
विजयनगर महोत्सव जेष्ठ ४ देखि १४ गते सम्म हुने, अवलोकन गर्न आयोजकको आग्रह

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com