About Contact
१६ जेठ २०८०, मंगलबार
Close
बिज्ञापन
जनता माविद्वारा अभिभावक संग अन्तरक्रिया

Darpanpost बिहिबार, चैत्र ०२, २०७९ मा प्रकाशित

featured photo: Darpanpost

देवदह । रुपन्देहीको देवदह-८ स्थित जनता माध्यमिक विद्यालयले अभिभावकसंग अन्तरक्रिया गरेको छ। विद्यार्थीको पढाई, आवश्यक सुझाव संकलन र विद्यालयको आगामी योजना सम्बन्धमा विद्यालयले अभिभावकसंग अन्तरक्रिया गरेको विद्यालयका शिक्षक विमला अर्यालले जानकारी दिए।

अन्तरक्रियामा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खेमप्रसाद पाण्डेले जनता माविलाई दक्ष जनशक्ति उत्पादन गर्ने विद्यालयको रूपमा विकास गर्न आफूहरू लागिपरेको बताए। विद्यालयलाई व्यवस्थित ढंगले संचालन गर्न र शिक्षाको गुणस्तरमा सुधार ल्याउन अभिभावक, शिक्षक र व्यवस्थापन समितिबीचको बुझाईमा एकारुपकता हुनुपर्ने उल्लेख गर्दै अध्यक्ष पाण्डेले सबैको पहलमा जनता मावि अब फरक रूपमा अगाडी बढ्ने बताए।

त्यसैगरी अन्तरक्रियामा आफ्ना भनाई राख्दै विद्यालयका प्रधानाध्यापक कृष्ण अर्यालले अब शैक्षिक क्यालेण्डर अनुसार विद्यालय संचालन गरिने बताए। आफ्नो विद्यालय आफै बनाउनुपर्ने विचार व्यक्त गर्दै प्रअ अर्यालले सबै शिक्षकले अनिवार्य रूपमा आफ्ना छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्नेमा जोड दिए। कान्ति, कालिका र शान्ति माविजस्ता केहि नमुना विद्यालयको नाम उल्लेख गर्दै उनले जनता मावि पनि सोहि बाटोमा अगाडी बढ्नुपर्ने धारणा राखे।

सो अवसरमा अभिभावकहरूले विद्यालयको नास्ता, खानेपानी, शौचालय, ट्युसन र शिक्षक बदलिईरहने समस्या अन्त्य गर्न सुझाब दिएका थिए।

अन्तरक्रियामा विद्यालयका सह-प्रधानाध्यापक चिन्तामणी पाण्डे, विद्यालय व्यवस्थापन समितिका कुलराज शर्मा, गोमा खरेल, धनमाया लामा, दिलकुमारी परियार, शिक्षक अभिभावक समिति संयोजक चित्रबीर थापा, पुर्व संयोजक खेमनारायण ढकाल लगायतको उपस्थिति रहेको थियो।

अभिभावकसंग अन्तरक्रिया गर्ने क्रममा विद्यालयले फाल्गुन २९ गते कक्षा १० मा अध्ययनरत विद्यार्थीका अभिभावक, ३० गते कक्षा ६-९ सम्म र बिहिबार (आज) कक्षा १ देखि ५ सम्मका अभिभावकसंग अन्तरक्रिया गरेको विद्यालयका प्रअ अर्यालले जानकारी दिए।

विद्यालयमा ४ सय ७२ जना विद्यार्थी अध्ययनरत छन् भने कार्यरत शिक्षक र कर्मचारीको संख्या ३० रहेको छ।

सम्बन्धित

ताजा अपडेट
निःशुल्क सेनिटरी प्याडको व्यवस्था हुने गरी बजेट ल्याउन उपसभामुखको आग्रह
विजयनगर महोत्सव जेष्ठ ४ देखि १४ गते सम्म हुने, अवलोकन गर्न आयोजकको आग्रह

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com