दुर्गा प्रसाद काफ्ले
चन्द्रौटा कपिलवस्तु ।कपिलवस्तु जिल्ला शिवराज नगरपालिका वडा नम्बर -५ नौडिहवा निवासी मोहन अधिकारी एक सामान्य कृषक हुन ! थोरै खेतीकमाइ ठुलो परिवार भएको हुनाले जति खेती गरेपनि बर्ष भरी खान पुग्दैनथ्यो ! खेती वाट आजित भएका मोहन ले चन्द्रौटा शहर मा एउटा सानू कम्प्युटर तथा मोबाइल पसल खोले ! पसल रहरै रहर मा उनले मौरी पालन व्यवसायको प्रयास गरेका थिए । उनको पसल सँगसँगै मौरी पालन ले गर्दा तर मौरी पालनले आफूलाई आनन्द समेत दिएको उनले बताउछन !
चन्द्रौटा बजारमा राम्रै चलेको पसल केहि बर्षपछि पसल लाई थप गर्दै २ बर्ष सम्म इन्टरनेट कम्पनी समेत सञ्चालन गरे । मौरी पालन व्यवसाय फस्टाउँदै गएको देखेपछि अहिले ६ बर्ष यता उनी पूरा समय मौरी पालनमा दिएको अधिकारी को भनाइ छ ।२०६७ सालमा १२ हजार लगानी गरेर उनलेे व्यवस्थित ढंग बात मौरी पालन गर्न सुरु गरेको अधिकारी बताउछन !
सामाजिक सञ्जाल युटूवको सहायताले मोरी पालनको ज्ञान हासिल गरेका मोहान अधिकारी ले हाल स्वदेशी तथा विदेशी मौरी पालक कृषकको भ्रमण गर्ने अवसर पाएको उनले बताए । मौरी पालन व्यावसायलाई प्रवर्द्धन गर्दै त्यसैमा पैशागत रुपमा फस्टाउँदै गयो । अधिकांश युवा वैदेशिक रोजगारीमा हुँत्तिएको बेला आफूले स्ट्रगल गरिरहेको जनाए । एक घारबाट सुरु गरेको मौरी पालन अहिले लोभ लाग्दो बनेको छ !
सुरुवातमा कृषक अधिकारीले आफ्नो उपभोगको लागि मात्र उत्पादन गरेको भए पनि अहिले सयौं घार मह उत्पादन गरेर बजारमा समेत बेच्ने गरेको उनी दर्पण पोस्ट अनलाइन लाइउन संघ कुरा गर्दै भन्छ्न “पहिलो १ घार ल्याएर सिक्दै गरेको मौरी राम्रो हँदै गयो ।“ उनले भने ः “त्यसबारे अनुसन्धान गर्दै उन्नत प्रजातिको मौरी पहिचान गरि गर्भधारण गर्ने प्रक्रिया बुझेँ अहिले सहज छ ।“
सरकारले वास्तविक किसान पहिचान गर्न नसक्दा अहोरात्र खटिने किसान पिडामा रहेको उनको गुनासो छ। कागजी किसान बनेर सरकारी अनुदान खाने नक्कली किसानको पहिचान नगरेसम्म उत्पादन नबढ्ने अधिकारीको भनाइ छ ।
भारतीय मौरी फर्म अवलोकन गर्दा भारतको कन्टेनसमा नेपालमा फ्लोरिङको व्यवस्थापन नहुँदा नेपालमा असहज भएको बताउँदै व्यवस्थापन गर्न सके यो व्यवसाय फस्टाउन सक्ने कृषक अधिकारीले जनाए । परम्परागत कृषि प्रणालीमा आधारित नभएर हाल आधुनिक तरिकाले व्यवसायमा लाग्नुपर्ने देखिन्छ ।
कम्तिमा एक किसानले १० देखि १५ बिगाहा क्षेत्रफलमा उचित तरिकाले व्यावसाय गर्ने सरकारले अवधारणा नल्याएसम्म आत्मनिर्भर नहुने उनले बताए । जसले गर्दा कृषि विज्ञ पनि कृषकहरुको सम्पर्कमा रहने अधिकारी बताउँछन् । स्वदेशमा प्राकृति स्रोत रहेकोले रोजगारीका अवसरसँगै आयस्रोत मनग्ये आम्दानी गर्न सकिन्छ ।
सम्बन्धित पेशाबारे स्थानीय सरकारका कर्मचारी लगायत संघ संस्थाको प्रवर्द्धन, संरक्षणमा सहयोग नपुगेको समेत उनले गुनासो पोखे । यदि नेपालमा कृषि प्रविधि लगायतका सामग्री सरकारले उपलब्ध गराउन सके उत्पादन गरेको वस्तुबाट आफूले उपभोग गरेर ८० प्रतिशत निर्यात गर्न सक्ने अधिकारीले भनाइ छ। मानव सभ्यताकालागि मौरी पालन आवश्यक रहेको समेत उनले बताएका छन।