About Contact
१६ जेठ २०८०, मंगलबार
Close
बिज्ञापन
आर्थिक चलखेल गर्दा गयो जागिर

Darpanpost मंगलबार, फाल्गुण ३०, २०७९ मा प्रकाशित

featured photo: Darpanpost

दुर्गा प्रसाद काफ्ले
चन्द्रौटा कपिलवस्तु
कपिलवस्तु जिल्ला विजयनगर गाउँ पालिका वडा नम्बर १ बिरनगर मा रहेको अर्रा आधारभूत विद्यालय का एक प्रधानाध्यापकलाई आर्थिक चलखेल गरेको भन्दै बर्खास्त गरिएको छ । प्रधानाध्यापक सुदीप सारुले विद्यालयको रकम हिनामिना गरेको आरोप लागेर बर्खास्त भयका हुन । अर्रा आधारभूत विद्यालयका प्रधानाध्यापक सारुलाई पदबाट बर्खास्त गरिएको शिक्षा शाखामा कार्यरत अनुगमन संयोजक सुरेन्द्रराज मिश्रले दर्पण पोस्ट अनलाइन लाई जानकारी दिएका छन ।

विद्यालय मा नियमित अनुगमन गर्दा उनले ६ महिनाको अवधीमा २महिना मात्र उपस्थिति भएको पाइएपछि उनलाई हटाइएको बताए का हुन! शिक्षा शाखाले नियमित अनुगमन गर्दा प्रधानाध्यापकको उपस्थिति नदेखिने र आर्थिक चलखेल देखिएकोले बर्खास्त गरिएको शिक्षा शाखा प्रमुख हरिहर बेल्बासेले बताए ।

विद्यालय व्यवस्थापन समिति, अभिभावक र गाउँपलिका शिक्षा समितिको निर्णयबाट उनलाई हटाइएको हो । प्रधानाध्यापक सारुलाई हटाएपछि आक्रोशमा आएर विद्यालयका केही महत्वपूर्ण कागजपत्रसमेत च्यातेका थिए ।

कागजपत्र च्यातेपछि बसेको भेलाले सारुलाई पक्राउ गर्न इलाका प्रहरी कार्यालय गणेशपुर लाई आदेशसमेत दिएको पाइएको छ। सारुलाई पदबाट हटाए लगत्तै नयाँ प्रधानाध्यापकमा लक्ष्मी जिसीलाई नियुक्त गरिएको शिक्षा शाखाले जनाएको छ ।

सम्बन्धित

ताजा अपडेट
निःशुल्क सेनिटरी प्याडको व्यवस्था हुने गरी बजेट ल्याउन उपसभामुखको आग्रह
विजयनगर महोत्सव जेष्ठ ४ देखि १४ गते सम्म हुने, अवलोकन गर्न आयोजकको आग्रह

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com