प्रिया अधिकारी
रुपन्देही , रुपन्देहीको कञ्चन गाउँपालिकामा अबस्थित लहर सामाजिक उधमी महिला सहकारी संस्थाले नारी दिवसको अबसरमा विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको छ । महिलाहरुको हक हित र अधिकार उजागर गर्ने उदेश्यले आयोजना गरुएको उक्त कार्यक्रममा लगभग ३०० महिलाहरुको उपस्थिति रहेको थियो।
समाजसेवी चन्द्रकला थापाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा महिलाहरुका लागि उधमी र व्यबसायिक बनाउनका लागि युवा व्यबसायी राजन शर्मा पौडेलले प्रशिक्षण समेत दिनु भएको थियो।
राधिका चौधरीको अध्यक्षतामा भएको उक्त कार्यक्रम मा हन्डी फोर तथा म्युजिकल कुर्सी रेस जस्ता कार्यक्रम समेत गरिएको थियो ।
जसमा प्रथम दितिय र तृतीय स्थान हासिल गर्ने महिला प्रतियोगीलाई सेनेटरी प्याड वितरण गरिएको थियो। कार्यक्रम कञ्चन १कुचेरामा सम्पन्न भएको थियो।