featured photo: Darpanpost
दुर्गा प्रसाद काफ्ले
चन्द्रौटा कपिलवस्तु
कपिलवस्तु जिल्ला को शिवराज नगर पालिका वडा नम्बर १ चोरखोला बासी अन्धकारमय जीवन बिताउन बाध्य भएका छन् । सम्बन्धित निकाय ले बेवास्ता गरेपछि उनीहरु बाध्य भएका हुन् ।
जिल्लाको मुख्य बजार चन्द्रौटादेखि करिब १५ किलोमिटर लुम्बिनी प्रदेशको राजधानी जोडने भालुबाङ पुर्व–पश्चिम महेन्द्र राजमार्गको छेउमै रहेको चोरखोला बस्तीमा विद्युत नहुँदा स्थानीय हरु समस्यामा परेका हुन् !
विधुतसँगै शुद्धखानेपानी र मोबाइल नेटवर्कको समेत व्यवस्था नहुँदा आम नागरिक दुषित पानी पिउन बाध्य भएको स्थानीय एम.वि. सुनार बताउँछन् । “बिजुली बत्ती लगायतका व्यवस्थापन स्थानिय सरकारले गर्नुपर्ने हो तर यस विषयमा व्यावथा रहेको छ ।“
अन्धकारमा बस्ने र दुषित पानी पिउने समस्यासँगै औषधी उपचारको समेत अभाव रहेको केशब सुनारले बताए । मोबाइलको नेटवर्क नटिप्दा चोरखोला बासीमा स्थानीय सरकारप्रति झनै निरासा थपिएको छ ! औषधी उपचारकोलागि टाढा जार्नुपर्ने बताउँदै मोबाइलको टावरको लागि रुखमा चढ्नुपर्ने बाध्यता रहेको पिडा सुनाए ।
चोरखोलाबासी विद्युतको लागि पटक पटक सम्बन्धित निकायमा धाउँदा समेत सुनवाइ नभएको स्थानीयको आरोप छ । पटक–पटक विद्युत प्राविधकरण कार्यालय कृष्णनगरलाई जानकारी गराउँदा पनि चोरखोला बासीको पीडा बेवास्ता गरिएको एम.वि.ले भने । आइतबार उनी सहितको एक टोलीले यथाशीघ्र उक्त स्थानमा विधुत जडानको लागि माग गरेको छ । एक साताभित्र विधुत प्रशारणको काम सुरु नभए दबाबमूलक कार्यक्रम गर्ने चेतावनी समेत दिइएको उनले दर्पण पोस्ट अनलाइन लाई गुनासो पोखेका छन । बर्षाैँदेखि झार टार्ने काम मात्रै भएको बताउँदै केही महिना पहिले पोल झारिएको भएपनि बाँकी कामले गति नलिएको स्थानीय को आरोप छ । विधुत प्रशारण जडानको कार्यका लागि गौरी कन्ट्रेक्सनलाई २ महिना अगाडि ठेक्का समेत परेको सूचना भएता पनि काम अघि नबढ्दा स्थानीय चिन्तित बनेको अगुवा एम. वि. सुनारको भनाइ छ ।
यता शिवराज नगरपालिका प्रमुख अजय थापाले जति सक्दो छिटो विधुत्, खानेपानी र मोबाइल नेटवर्कको समस्याको समाधान गर्ने बताए ।विद्युत प्राधिकरण वितरण केन्द्र कृष्णनगरका अनुसार जडान प्रक्रिया अब छिट्टै अघि बढेको बताए । थोरै बस्ती धेरै लगानी लाग्ने भएकाले त्यहाँ विधुत जडान गर्न असहज भएको समेत जनाइएको छ । ठेक्काको जिम्मा पाएको गौरी कन्ट्रेक्सन प्रालिका अनुसार विधुत प्राधिकरणमा जडान सामग्री आएमा कार्य तत्कालै सुरु गर्ने जनाएको छ ।
Post Views: 1