दुर्गा प्रसाद काफ्ले,चन्द्रौटा कपिलवस्तु।कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नं. १ का स्थानियबासीले आफुहरु शुद्ध पिउने पानिबाट बन्चित गरेको गुनासो गरेका छन् । नेकपा (एमाले) कपिलवस्तुको मिसन ग्रासरुट अभियान अन्तरर्गत संचालित वडा स्तरीय अभिमुखीकरण कार्यक्रममा यस्तो गुनासो गरेका हुन ।
एमाले वडा कमिटी उपाध्यक्ष हर्ख नारायण चौधरीले अभियानको कार्यक्रममा यस्तो गुनासो गरेका हुन । नेकपा एमालेका लुम्बिनी प्रदेश कमिटी सदस्य द्रोणराज सुवेदीले प्रमुख अतिथीको आसनबाट बोल्दै जनताका समस्या समाधानमा आफुहरुले नेतृत्वदायी भूमिका निर्वाह गर्ने बताउनु भयो । ग्रासरुट अभियान अन्तरर्गत चैत्र १ गते देखि चैत्र ७ गते सम्म टोलगत रुपमा जनस्तर सम्म पुग्ने निर्णय गरेको शुद्धोधन गाउँपालिका कमिटी सदस्य बुद्धिराज न्यौपानेले दर्पण पोस्ट अनलाइन लाई जान्कारी दिएका छन!
कार्यक्रममा एमाले जिल्ला सचिवालय सदस्य एल.पि. बेल्बासे, जिल्ला कमिटी सदस्य मदु बेल्बासे, गौरीशंकर थारु, एमाले शुद्धोधन गाउँ कमिटी उपाध्यक्ष नूरुल लुक शेष हरु ले मन्तब्य राख्नु भएको थियो । कार्यक्रम वडा कमिटी अध्यक्ष ठाकुर प्रसाद ढकालको अध्यक्षता,उपाध्यक्ष हर्ख नारायण चौधरीको स्वागत मन्तब्य र त्रिलोचन भुसालको संचालनमा सम्पन्न कार्यक्रममा पालिका तथा वडा स्तरका नेता, कार्यकर्ता, संगठित सदस्यको उपस्थिती रहेको नेकपा (एमाले) वडा कमिटीले जनाएको छ ।