About Contact
०७ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
नेपाल भारत मैत्री संगठन , पर्यटन विभागकाे नेपाल संयोजकमा : ज्ञवाली

Darpanpost आइतबार, माघ २२, २०७९ मा प्रकाशित

featured photo: Darpanpost

कपिलवस्तु। नेपाल भारत मैत्री संगठन, पर्यटन बिभागको नेपाल संयोजकमा कपिलवस्तुका राजेश ज्ञवाली मनोनित भएका छन् ।

भारतको वाराणसीमा बसेको संगठनको विस्तारिक बैठकले ज्ञवालीलाई पर्यटन बिभागको नेपाल संयोजककाे जिम्मेवारी दिने निर्णय गरेको हो ।

संगठनले ज्ञवालीलाई संविधान बमोजिमको जिम्मेवारी पूरा गर्ने विश्वास लिएको संगठनका अन्तर्राष्ट्रिय अध्यक्ष अनुप कुमारद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ । लुम्बिनी विकास कोषका पूर्व कार्यकारिणी सदस्य समेत रहेका ज्ञवाली विभिन्न सामाजिक संघ संस्थामा क्रियाशील रहेका थिए ।

संयाजकको जिम्मेवारी पाएसँगै ज्ञवालीले नेपाल पर्यटनको सम्भावना भएको देश भएको बताउँदै यहाँको प्रकृति, संस्कृति, गौतम बुद्धको जन्मस्थल र सर्वोच्च शिखर सगरमाथाको विकल्प संसारमा कतै नभएकोले त्यसको हामीले लाभ लिनु सक्नुपर्ने बताए ।

भारतका मात्र पर्यटक ल्याउन सके नेपालले धेरै लाभ लिन सक्ने बताउदै ज्ञवालीले नेपालको पर्यटन क्षेत्रमा पर्याप्त अनुसन्धान आवश्यक रहेकोमा जाेड दिए ।

उनलेे पर्यटकले यहाँको के कुरा मन पराए, के मन पराएनन् भन्ने जानकारी नीति निर्मातालाई हुनुपर्ने र नेपालले तत्काल गर्नुपर्ने काम पूर्वाधार विकास भएको बताए ।

आफू संगठनको नेपाल संयोजक भएकाले ज्ञवालीेले जतिसक्दो धेरै भारतीय पर्यटक नेपाल भ्रमण गराउन र नेपालको पर्यटन क्षेत्रको विकासका लागि काम गर्ने बताए ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
बर्दघाट नगरपालिकाको टोलि जग्गा माग्दै मन्त्रालयमा
राष्ट्रिय क्रिकेट टीमका काप्तान पाैडेललाई पश्चिम नवलपरासीमा भव्य स्वागत तथा सम्मान

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com