About Contact
०७ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
गरेमा के हुँदैन भन्ने उदाहरण रच्दै महिला उद्यमीहरु

Darpanpost आइतबार, माघ २२, २०७९ मा प्रकाशित

featured photo: Darpanpost

प्युठान।प्युठान को माण्डवी गाउँपालिका २ मर्काबाङ्गमा चार जना उद्यमी छन् ,जो सीप सिकेर व्यवसायी वनेका छन्।गत आर्थिक वर्षमा माण्डवी गाउँपालिका द्वारा आयोजित आधारभुत ढाका बुनाई तालिम प्राप्त गरेका ४ जना महिला उद्यमीहरु व्यवसायी वनेका हुन्।तालिम सकिए लगत्तै व्यवसायी बन्ने सोच बनाएका ती महिलाहरुलाई गाउँपालिका सरकारले नि:शुल्क रुपमा २ वटा मेसिन प्रदान गरेको थियो।प्युठानमा यही फागुन -४ देखि स्वर्गद्वारी प्युठान पाँचौँ महोत्सव २०७९ सुरु हुँदैछ,जहाँ अतिथि सम्मानका लागि आवश्यक खादाको माग समेत सोही लघु उद्यमी समुहवाट भएको छ।चार जनाले सामुहिक रुपमा सुरु गरेको व्यवसायवाट दैनिक २/२वटा दरले ८ वटा सम्म खादा बनाउन सकिने समुहकी अध्यक्ष हिमकली घर्तीले बताउनु भयो।उनीहरुले अहिले माग अनुसार बर्की,सल,खादा आदि उत्पादन गरि विक्री गरिरहेका छन्।आर्थिक रुपमा समेत केही आत्मनिर्भर हुने अवस्था बन्दै गएको उनीहरुको बुझाई छ।उता प्रभावकारी मेसिनको अभावका कारण वजार माग अनुसार वस्तु तथा सेवाको उत्पादनमा समस्या भैरहेको उनीहरुको गुनासो छ।व्यवसायको थप विस्तारका लागि स्थानीय सरकारसँग स्तरोन्नति तालिम तथा आवश्यक प्रविधिको समेत माग भैसकेको उनीहरुको भनाइ छ।विगत देखिनै सरकारले उद्यमशीलताको क्षेत्रमा महत्वपूर्ण लगानी लगानी लगाउँदै जाँदा पनि पछिल्लो समय अनुदानका साथै तालिम लिने तर काम नगर्ने बेथिति बढ्दै गएको छ।उसो त उनीहरु जस्तै काम गर्ने सफल उद्यमीको स्तरोन्नति र प्रोत्साहनमा सरकारको ध्यान पुग्नु जरुरी छ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
बर्दघाट नगरपालिकाको टोलि जग्गा माग्दै मन्त्रालयमा
राष्ट्रिय क्रिकेट टीमका काप्तान पाैडेललाई पश्चिम नवलपरासीमा भव्य स्वागत तथा सम्मान

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com